काठमाण्डौ । पछिल्लो समय देशमा कोरोना संक्रमणको मामिला दैनिकजसो घट्दै गइरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टो तथ्यांकअनुसार थप ४ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर १० हजार ९८६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ७०२ र १ हजार ७८४ जनाको एन्टिजेन परीक्षण गर्दा ६६७ जनामा गरी ४ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

यो अवधिमा काठमाण्डौ उपत्यका १ हजार ९३ जनामा कोरोना पुष्टि भएको छ। जसमा काठमाण्डौका ८०४, ललितपुरमा १७६ र भक्तपुरमा ११३ जनाका छन्।

पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भई ६ हजार २०५ जना डिस्चार्ज भएका छन्। संक्रमणमुक्त हुनेको दर ८९.२ पुगेको छ। 

हाल देशभर १ लाख ८ हजार ८९७ सक्रिय संक्रमित छन्। 

यो अवधिमा देशभर थप १०९ जनाको कोरोनाबाट मृत्यु भएको छ।