काठमाण्डौ । देशभर पछिल्लो २४ घन्टामा ५ हजार बढी संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार देशभर ५ हजार ३१६ जनामा कोरोना पुष्टि भएको हो। यो अवधिमा १३ हजार ८०५ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ५२४ जना र ३ हजार ७३ जनाको एन्टिजेन परीक्षण गर्दा ७९२ जनामा कोरोना पुष्टि भएको छ। 

यस अवधिमा काठमाण्डौ उपत्यकाका मात्रै १ हजार ४५६ जना छन्। यीमध्ये काठमाण्डौका ९६९ जना, ललितपुरमा ३०६ जना र भक्तपुरमा १८१ जना छन्।

पछिल्लो २४ घन्टा थप ७ हजार २१९ जना निकोर भएर डिस्चार्ज भएका छन्। योसँग संक्रमणमुक्त हुने दर ८०.८ प्रतिशत पुगेको छ। 

हाल देशभर १ लाख १ हजार ९९३ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा देशभर थप १०१ जनाको कोरोना संक्रमणबाट निधन भएको मन्त्रालयले जनाएको छ।