काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर थप २ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा ७ हजार २५९ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ७२८ जनामा र ४ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ९०८ जनामा कोरोना पुष्टि भएको हो। योसँगै कुल संक्रमित संख्या ६ लाख ७० हजार ८५७ पुगेको छ। 

पछिल्लो २४ घन्टामा थप ४ हजार ३४८ जना निको भएर डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५ लाख ९२ हजार ५३५ पुगेको छ। 

यो अवधिमा देशभर कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ९ हजार ७१ पुगेको छ।