काठमाण्डौ । योगगुरु बाबा रामदेवले आफूहरुले कोरोनाको आयुर्वेदिक औषधि बनाएको दाबी गरेका छन्।
भारतको हरिद्वारामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बाबा रामदेवले कोरोनिल नामक आयुर्वेदिक औषधि सार्वजनिक गर्दै यस्तो दाबी गरेका हुन्। यो औषधि कोरोना संक्रमित बिरामीलाई ठिक पार्ने उनको दाबी छ।
पतञ्जलि योगपीठका प्रमुख बाबा रामेदव यो औषधिको क्लिनिकल ट्रायल सफल भएको दाबी गर्दै मंगलबारदेखि नै बजारमा पठाइने जानकारी दिए। उनका अनुसार क्लिनिकल ट्रायलका क्रममा यो औषधि सेवन गरेका कोरोना संक्रमित बिरामीमध्ये ६९ प्रतिशत तीन दिनमै ठिक भएका थिए। ‘ट्रायलका क्रममा यो औषधि सेवन गरेको ७ दिनमै सतप्रतिशत बिरामी ठिक भए’, उनले भने।
बाबा रामदेवले यो औषधि २८० जना कोरोना संक्रमित बिरामीमा परीक्षण गरिएको बताए। ‘यसका लागि हामीले सबै निकायहरुसँग अनुमति लिएका थियौँ’, उनले भने।
यो औषधि पतञ्जलि रिसर्च इन्स्टिच्युट र नेसनल इन्स्टिच्युट अफ मेडिकल साइन्स जयपुरले मिलेर विकास गरेका हुन्। हाल यसको उत्पादन हरिद्वारास्थित दिव्य फार्मेसी र पतञ्जलि आयुर्वेद लिमिटेडले गरिरहेका छन्।
यो औषधि बिरामीले बिहान र साँझ सेवन गर्न सक्ने पतञ्जलिले जनाएको छ। यो औषधिमा गिलोय, अश्वगन्धा, तुलसी, शवसारि रस र अणुतेल मिलाएर बनाइएको छ। पतञ्जलिका अनुसार अश्वगन्धाबाट कोभिड–१९ को रिसेप्टर बाइन्डिङ डोमेन (आरबीडी) लाई शरीरको एन्जियोटेन्सिन कन्भर्टिङ एन्जाइमसँग मिल्न दिँदैन। अर्थात कोरोना मानिसको शरीरको स्वस्थ कोशिकाहरुमा पस्न पाउँदैन।
त्यही गिलोय कोरोना संक्रमणलाई रोक्न मद्दत गर्छ। तुलसीले कोभिड–१९ को आरएनएमा आक्रमण गर्छ र वृद्ध हुनबाट रोक्छ। – एजेन्जी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago