काठमाण्डौ । एभरेस्ट बैंकको परिपक्व हुन लागेको ऋणपत्रको रकम फिर्ता गर्ने भएको छ। 

एभरेस्ट बैंकको ‘८% एभरेस्ट बैंक लिमिटेड ऋणपत्र–२०७९’ नामक ऋणपत्र आज जेठ २८ गते परिपक्व हुँदैछ। 

त्यसैले उपत्यकाभित्र रहेका ऋणपत्रधनीहरुले एभरेस्ट बैंकको काठमाण्डौको लाजिम्पाटस्थित मुख्य कार्यालय र उपत्यकाबाहिर रहेका ऋणपत्रधनीहरुले पायक कुनै पनि शाखाहरुमार्फत रकम भुक्तानी पाउने बैंकले जनाएको छ। त्यसका लागि ऋणपत्रधनीहरुले ऋणपत्रको सक्कल प्रमाणपत्र (ब्याज भुक्तानी पुर्जासमेत), नेपाली नागरिकताको प्रमाणपत्र वा आधिकारिक परिचपत्रको प्रतिलिपि र रकम भुक्तानीका लागि बैंक खाताको विवरण उपलब्ध गराउनुपर्ने बैंकले जनाएको छ। 

स्वयं उपस्थित हुन नसक्ने ऋणपत्रधनीहरुले रिपूर्वकको मन्जुरीनामा साथै मन्जुरीनामा प्राप्त गर्ने व्यक्तिको परिचयपत्रको प्रतिलिपिसमेत अनिवार्य रुपले पेस गर्न पनि बैंकले जनाएको छ। 

बैंकद्वारा २०७० सालमा जारी १ हजार रुपैयाँ अंकित दरका कुल ४ लाख ६८ हजार ८४५ इकाइ भएको ऋणपत्र परिपक्व हुन लागेको हो। यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज पाएका थिए।