काठमाण्डौ। नेपाल उद्योग परिसंघले अर्थतन्त्रमा महिलाको भूमिका बढाउने उद्देश्यले ‘वुमन लिडरसिप फोरम’ गठन गरेको छ।
परिसंघकी राष्ट्रिय परिषद सदस्य छाँया शर्माको संयोजकत्वमा फोरम गठन गरिएको हो। परिसंघका उपाध्यक्ष निर्वाण चौधरी कोअर्डिनेटिङ उपाध्यक्षका रूपमा रहेका छन्।
फोरमको मंगलबार औपचारिक गठन गरिएको छ। परिसंघको कार्यालयमा भएको कार्यक्रममा उपाध्यक्ष चौधरीले अर्थतन्त्रको मूलप्रवाहमा महिलाहरुलाई ल्याउने उद्देश्यले यस फोरमको गठन गरिएको बताए। ‘आर्थिक र व्यावसायिक क्षेत्रको नेतृत्व गरिरहनुभएका महिला नेतृहरुको साझा मञ्च बनाउने हाम्रो उद्देश्य हो’, उनले भने, ‘यो अभियान हामी प्रदेश तहहरुमा विस्तार गर्नेछौँ।’
कार्यक्रममा परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले साना व्यवसाय गर्ने महिलाहरुमा वित्तीय पहुँच समस्याका विषय रहेको भन्दै त्यसलाई न्यूनीकरण गर्न फोरम सक्रिय हुनुपर्ने उल्लेख गरे। ग्रामीण क्षेत्रमा व्यवसायमा जोडिन चाहने महिलालाई स्रोतका अभाव रहेको उल्लेख गर्दै उनले वित्तीय स्रोत प्राप्त गर्ने तरिकाबारे शिक्षित गर्नुपर्नेमा जोड दिए। ‘सीपमूलक तालिम लिएर पनि महिलाहरु उद्यममा जोडिन सक्नुभएको छैन’, उनले भने, ‘त्यो अवस्था अन्त्य हुनुपर्छ।’
यसैगरी फोरमकी संयोजक शर्माले महिलाहरुमा वित्तीय पहुँच अभिवृद्धिका लागि काम गर्ने उल्लेख गरिन्। उनले निजी क्षेत्रको प्रभावशाली छाता संगनठनका रूपमा परिसंघले महिला उद्यमीको क्षमता विकासमा परिसंघले काम गर्ने बताइन्।
सरकारले महिला उद्यमीलाई दिएका सुविधाबारे लक्षित समूहलाई जानकारी गराउने र उनीहरूलाई साक्षर बनाइ लाभ प्राप्त गर्न सक्ने गरी क्षमता अभविृद्धि गर्ने उद्देश्य फोरमको छ। यसैगरी आर्थिक रुपमा महिला सशक्तीकरणका लागि सीप विकास, नीतिगत सहजीकरण एवं छलफल र उत्पादनको बजारीकरण गर्ने उद्देश्य पनि फोरमको छ।
कार्यक्रममा बैंक तथा वित्तीय संस्थालाई महिला उद्यमीका लागि सहज रुपमा कर्जा उपलब्ध गराउन पहल गरिनुपर्ने, वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमबाट महिलाहरुको वित्तीय पहुँच अभिवृद्धिका लागि काम गरिनुपर्ने र उद्यमीहरूबीच सम्बन्ध एवं सञ्जाल विस्तार गरिनुपर्ने विषयमा पनि छलफल भएको थियो।
कार्यक्रममा परिसंघकी राष्ट्रिय परिषद सदस्य वर्षा श्रेष्ठ, पम्फा धमला एवं उद्यमी तथा व्यावसायिक क्षेत्रका महिला नेतृहरु रिता भण्डारी, सुनिता नेमाफुकी, सरिता लामा, आशा राणा अधिकारी, अनुपमा खुन्जेली, मल्लीका श्रेष्ठ, मधु लोहिया, कल्पना श्रेष्ठ, आश्रयता चौधरी र उपाशना पौडेलको उपस्थिति थियो। परिसंघ सचिवालयबाट महानिर्देशक यादवप्रसाद पौड्याल र वरिष्ठ सल्लाहकार मेघनाथ न्यौपानेको पनि उपस्थित थियोे।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago