काठमाण्डौ । नेपाल उद्योग परिसंघ अन्तर्गतपूर्वाधार समिति र प्रदेश तथा जिल्ला समन्वय समिति गठन भएको छ। परिसंघले आफ्ना गतिविधि विस्तार गर्ने क्रममा दुई नयाँ समिति गठन गरेको हो।
परिसंघअन्तर्गतको पूर्वाधार समिति परिसंघका राष्ट्रिय परिषद सदस्य आशिष गर्गको सभापतित्वमा गठन भएको हो। परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे समितिमा कोअर्डिनेटिङ उपाध्यक्ष छन्।
समितिले नेपालामा पूर्वाधार विकासका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि सरोकारवाला निकासँग मिलेर काम गर्नेछ। यसैगरी नेपालमा आवश्यक पूर्वाधार विकासको क्षेत्रमा पैरवी पनि समितिले गर्नेछ।
समितिका सदस्यहरुमा अमुन थापा, आनन्द सुवेदी, अनुप उप्रेती, कमल पाण्डे, वर्षा श्रेष्ठ, वसन्तबहादुर चन्द, विद्यावारिधि सिग्देल, गणेश कार्की, गुरुप्रसाद न्यौपाने, मनिष खेमका, निकोलश पाण्डे, रामकृष्ण खतिवडा, सुधीर मित्तल र ताराप्रसाद पौडेल छन्।
यसैगरी परिसंघले प्रदेश र जिल्लाहरुमा आफ्नो उपस्थिति बलियो बनाउने र प्रदेश एवं जिल्ला उद्योग परिसंघको भूमिका सक्रिय बनाउने उद्देश्यले राष्ट्रिय परिषद सदस्य लक्ष्मीप्रसाद सुवेदीको सभापतित्वमा प्रदेश एवं जिल्ला समन्वय समिति गठन गरेको छ। परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी समितिको कोअर्डिनेटिङ उपाध्यक्ष छन्। समितिको सहसभापितमा एजाज आलम रहेका छन्।
समितिले प्रदेश एवं जिल्ला तहमा नीतिगत छलफल एवं अन्तर्क्रिया गर्ने, प्रदेशहरुमा उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि कानुन तर्जुमामा पहल गर्ने र परिसंघले अघि बढाएको मेक इन नेपाल–स्वदेशी अभियान अघि बढाउने उद्देश्य समितिले राखेको छ।
समितिका सदस्यहरुमा भीम घिमिरे, नरेश दास, ऋषिराम घिमिरे, विनोदकुमार न्यौपाने, पूर्णप्रसाद आचार्य, हेमविक्रम थापा, ताराप्रसाद पौडेल, सुरजभक्त पौडेल, भेषराज दुवाडी, बाबुराम बोहरा, राजु पौडेल, लेखराज पोखरेल, सुरेशबहादुर श्रेष्ठ र कृष्णप्रसाद शर्मा छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago