काठमाण्डौ । यो साता कारोबारको पहिलो दिन आइतबार धितोपत्र कारोबार मापक नेप्से परिसूचकले सुखद ओपनिङ गरेको छ।
आज आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढ्नुका साथै कारोबार रकमसमेत झन्डै साढे ३ अर्ब रुपैयाँबराबरको भएको छ। यो दिन परिसूचक १२.४९ ले उकालो लाग्दै १६४८.५८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.५७ अंकको बढोत्तरीका साथ ३२५.९४ को उचाइमा पुगेको छ।
बजार पुँजीकरण र नेप्से इन्डेक्सलाई नै ठूलो धक्का दिन सक्ने नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य आज आइतबार ४ प्रतिशतभन्दा बढेर सर्वोत्कृष्ट कारोबार भएपछि परिसूचक र कारोबार रकममा समेत उछाल आएको हो। नेपाल पुनर्बीमा कम्पनीसँगै एसटीसी, एचडीएललगायतका महँगा कम्पनीका सेयरमूल्यमा आज सर्किट लागेर कारोबार भएका कारणसमेत कारोबार रकममा बढोत्तरी भएको देखिन्छ।
बैंकिङ र विकास बैंक समूहमा गिरावट देखिँदा बाँकी अन्य सबै समूहमा हरियाली छाएको छ। विशेषतः व्यापार, उत्पादन, हाइड्रोलगायतका समूहमा लगानीकर्ताको आकर्षण देखिन्छ।
आज नेप्सेमा उपसमूहमा रहेका १२ समूहमध्ये १० वटामा हरियाली आएको छ भने २ वटामा रातो पोतिएको छ।
यो दिन उत्पादन तथा प्रशोधन समूह सबैभन्दा बढी १२२.६८ अंकले उकालो लागेको छ। व्यापार समूह १०५.१९ अंकले बढेको आज होटेल्स् समूह २७.७५ अंक, जलविद्युत् समूह ३०.५९ अंक, वित्त समूह ४.२७ अंक, निर्जीवन बीमा समूह १८.७९ अंक, अन्य समूह २८.४५ अंक, लघुवित्त समूह १०.८५ अंक, जीवन बीमा समूह ८६.९३ अंक र म्युचुअल फन्ड समूह ०.१५ अंकले बढेका छन्।
आज विकास बैंक समूह ६.७६ र बैंकिङ समूह १.१६ अंकले ओरालो लागेका छन्।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृत १९८ कम्पनीका १ करोड ८ लाख ६३ हजार ४५६ कित्ता सेयर ३ अर्ब ५२ करोड ६७ लाख ७७ हजार २६१ रुपैयाँमा कारोबार भएको छ।
यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक २५ करोड ९२ लाख रुपैयाँमा कारोबार भएको छ। हिमालयन डिस्टिलरीको १५ करोड ९६ लाख रुपैयाँबराबरको कारोबार भएको आज शिखर इन्स्योरेन्सको १२ करोड ३० लाख रुपैयाँ, अपी पावरको १२ करोड ८ लाख रुपैयाँ, बैंक अफ काठमाण्डूको १० करोड ४८ लाख रुपैयाँ, शिवम सिमेन्ट्सको १० करोड ३५ लाख रुपैयाँ, हिमालय दोलखा हाइड्रोपावरको ९ करोड ४२ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ८ करोड ३१ लाख रुपैयाँ, एनटीसीको ७ करोड ८० लाख रुपैयाँ र अरुण काबेल पावरको ७ करोड ७६ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ६ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। हिमालयन डिस्टिलरी, साल्ट ट्रेडिङ, दिव्यश्वरी हाइड्रोपावर, मिथिला लघुवित्त, युनिभर्सल पावर र सानिमा जनरल इन्स्योरेन्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो।
आज नेपाल फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ४ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19