काठमाण्डौ । धितोपत्र कारोबार मापक नेप्से परिसूचक आज सोमबार झिनो अंकले बढेको छ। आज कारोबार रकम पनि झन्डै पौने ४ अर्ब रुपैयाँ भएको छ।
सेयर कारोबार हुने साताको दोस्रो दिन आज सोमबार नेप्से परिसूचक १६५० विन्दु पार गर्दै कारोबार रकममा समेत उछाल आएको हो। आज नेप्से परिसूचक ४.२२ अंकको बढोत्तरीका साथ १६५२.८० को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.६१ अंकको गिरावटका साथ ३२५.३३ को विन्दुमा झरेको छ।
आज नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै परिमाणमा ठूलो कारोबार भएको देखिन्छ। यसैगरी नेपाल टेलिकमको समेत सेयरमूल्यमा बढोत्तरी भई कारोबार हुँदा सूचक र कारोबार रकममा सकारात्मक प्रभाव परेको विश्लेषकहरु बताउँछन्।
कुन सेक्टर चल्ने भन्ने अन्योलका बीच बजारमा आज महँगा कम्पनीका सेयरमूल्यमा उछाल आएको देखिन्छ। १० हाइड्रोपावर कम्पनीले आज सबैभन्दा गुमाएका दिन बाटलर्स नेपाल, साल्ट ट्रेडिङ कर्पोरेसन, हिमालयन डिस्टिलरीलगायतका महँगा कम्पनीहरुमा लगानीकर्ता झुम्मिएका छन्। बजारमा कुन समूह चल्ने अन्योल हुँदा प्रायः ठूला कम्पनी र महँगा कम्पनीका सेयरमूल्यमा उछाल आउने विश्लेषकहरुको दाबी छ।
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ६ वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ।
यो दिन निर्जीवन बीमा समूह सर्वाधिक ६५.८५ अंकले उकालो लागेको छ। व्यापार समूहमा ५८.८ अंकको बढोत्तरी आएको आज वित्त समूहमा ०.९२ अंक, उत्पादन तथा प्रशोधन समूहमा २६.६८ अंक, अन्य समूहमा ४६.६४ अंक र लघुवित्त समूहमा ३१.६२ अंकले वृद्धि भएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये १९५ कम्पनीका १ करोड ३५ हजार ३१३ कित्ता सेयर ३ अर्ब ६९ करोड ९८ लाख ७९ हजार ७२६ रुपैयाँमा कारोबार भएको छ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ५५ करोड लाख रुपैयाँ बढीको कारोबार भएको छ। एनटीसीको १३ करोड ७४ लाख रुपैयाँको कारोबार भएको यो दिन हिमालयन डिस्टिलरीको १३ करोड ३६ लाख रुपैयाँ, अपी पावरको १० करोड ८५ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १० करोड ३२ लाख रुपैयाँ, एभरेष्ट बैंकको ९ करोड ६९ लाख रुपैयाँ, प्रभु बैंकको ८ करोड २० लाख रुपैयाँ, अरुण काबेली पावरको ८ करोड ५ लाख रुपैयाँ, नबिल बैंकको ७ करोड ८५ लाख रुपैयाँ र शिखर इन्स्योरेन्सको ७ करोड ११ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज तीनवटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो दिन कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्यमा १० प्रतिशत तथा मिथिला लघुवित्त र सानिमा जनरल इन्स्योरेन्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। आज नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्यमा पनि ८ प्रतिशत बढीको उछाल आएको छ।
यो दिन घलेम्दी हाइड्रोपावरको सेयरमूल्यमा ५ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19