काठमाण्डौ । धितोपत्र कारोबारको तेस्रो दिन आज मंगलबार नेप्से परिसूचकमा झिनो गिरावट आएको छ।
आज परिसूचक ५.७५ अंकको गिरावटका साथ २०६१.५१ को विन्दुमा झरेको छ। आज २१ सय विन्दु चुमेर परिसूचक पुनः ओर्लेको हो। आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.७४ अंकले ओरालो लागेर ३८७.४२ को विन्दुमा सीमित बनेको छ। आज ६ अर्ब रुपैयाँ बढीको सेयर कारोबार भएको छ।
गत साता बजारले करेक्सन लिँदा सस्तोमा सेयर किनेकाहरुले आज उक्त सेयरहरु अल्पकालीन नाफा बुकका लागि बिक्री गर्दा परिसूचकमा झिनो करेक्सन देखिएको बजार विश्लेषकहरुको मत छ। आज लघुवित्त, बैंक र जीवन बीमा कम्पनीका सेयरहरुमा लगानीकर्ताको विशेष आकर्षण देखियो।
कोरोनाले निर्जीवन बीमाको आम्दानीलाई थोरै प्रभाव पार्ने भएकाले लगानीकर्ताहरु जीवन बीमाका सेयरतर्फ मोडिएका छन् भने घटेको मूल्यमा बैंकका सेयर किन्नेको ताँती पनि निकै लोभलाग्दो देखिन्छ।
यही साता ग्लोबल आइएमई लघुवित्तले ३० प्रतिशत हाराहारी बोनस दिएपछि लगानीकर्ताको विशेष आकर्षण लघुवित्त कम्पनीहरुमा रहेको ब्रोकरहरु बताउँछन् । अब धमाधम लघुवित्त कम्पनीले लाभांश प्रस्ताव गर्ने भएकाले पनि लघुवित्तका सेयर खरिद गर्ने संंख्या बढिरहेको उनीहरुको भनाइ छ। आज पनि अधिकांश लघुवित्त कम्पनीका सेयरमूल्यमा उछाल आएको छ।
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ३ वटामा मात्र हरियाली छाएको छ भने बाँकी ९ वटामा रातो पोतिएको छ।
यो दिन लघुवित्त समूह सर्वाधिक ५९.५९ अंकले उकालो लागेको छ। जीवन बीमा समूह ५१.७९ अंकले बढेको आज बैंकिङ समूहमा ०.०८ अंकको बढोत्तरी भएको छ।
आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ११५.१३ अंकले ओरालो लागेको छ। निर्जीवन बीमा समूह ८१.९६ अंकले घटेको यो दिन व्यापार समूहमा ५४.५६ अंक, होटेल्स् समूहमा २०.५४ अंक, विकास बैंक समूहमा २४.१४ अंक, जलविद्युत् समूहमा १८.५८ अंक, वित्त समूह ६.१९ अंक, अन्य समूहमा १८.८९ अंक र म्युचुअल फन्ड समूहमा ०.०७ अंकको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २०५ कम्पनीका ९७ लाख ५५ हजार ५४७ कित्ता सेयर ६ अर्ब ६ करोड ९३ लाख ३१ हजार ६८७ रुपैयाँमा कारोबार भएको छ।
यो दिन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक ५२ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको ३६ करोड ८ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल बैंकको २२ करोड ६३ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको २० करोड ४० लाख रुपैयाँ, नबिल बैंकको २० करोड १ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १९ करोड १९ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको १९ करोड ११ लाख रुपैयाँ, शिवम सिमेन्ट्सको १७ करोड २० लाख रुपैयाँ, एनटीसीको १६ करोड ५२ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको १५ करोड ४० लाख रुपैयाँबराबरको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ६ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। उन्नति सहकार्य लघुवत्त, महुली सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, ग्लोबल आईएमई लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक र नेसनल माइक्रोफाइनान्सको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। यो दिन सूर्योदय लघुवित्तको सेयरमूल्य पनि ७ प्रतिशत बढीले बढोत्तरी भएको छ।
आज मल्टीपर्पस फाइनान्सको सेयरमूल्य सबैभन्दा बढी ५ प्रतिशतको हाराहारीले घटेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago