काठमाण्डौ । यो साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।
अघिल्लो साता निरन्तर ओरालो यात्रामा रहेको नेप्से परिसूचक आगामी साताका लागि नयाँ आशा छर्दै आज नेप्से परिसूचक हिजोको तुलनामा १०.१३ अंक हाराहारीले वृद्धि भएको हो। यो वृद्धिसँगै नेप्से परिसूचक १४४२.६१ अंकको विन्दुमा उक्लिएको छ।
प्रायः लगानीकर्ताहरुले बिहीबारका दिन नेप्से परिसूचकलाई हरियै बनाउनेपर्छ भन्ने मान्यता छ। ता कि आगामी साताका लागि नयाँ उत्साह र मनोबलका साथ लगानी बढाउने अभिप्राय रहोस्।
नेप्से परिसूचक बढेकै मौकामा केही स्मार्ट लगानीकर्ताले प्रफिट बुक गर्ने चटारोले हिजोसम्म बजार घटेको थियो। कोभिड १९ को प्रभावले आमसर्वसाधारणको हिसाबकिताब डामाडोल भइरहेको र अन्य सेक्टरमा आबद्ध सेयर लगानीकर्ताले गर्जो (व्यवहार) टार्न सेयर बिक्रीको आपूर्ति बढाइरहेको ब्रोकरहरु बताउँछन्।
डिम्याट इन्टिग्रेसन गर्दा सेयर कारोबारीको केवाईसी पूर्ण रुपमा अपडेट नभइरहेको हालको अवस्था छ। ती व्यक्तिको समेत आगामी दिनमा बजारमा सेयरको ठूलो आपूर्ति आउने अनुमान भइरहेका छन् भने ब्रोकर र लगानीकर्ताको आपसी समझदारीमा प्लेज(धितो) मा रहेका सेयरहरुसमेत ठूलो परिमाणमा बिक्रीमा आइरहेको ब्रोकर जिकिर गर्छन्।
चौतर्फी माहौलजस्तो ब्याजदर एकल अंकमा आउनु, बैंकमा तरलता प्रशस्त हुनु, नियामकसमेत पूँजीबजारप्रति संवेदनशील भइरहेको अवस्थामा अन्य सेक्टर पूर्ण धराशायी भएकै कारण सेयर बेचेर व्यवहार मिलाइरहेको देखिन्छ।
अघिल्लो साता निरन्तर उकालो गतिमा दौडिरहेको नेप्से परिसूचकसँगै कारोबार रकमसमेत उल्लेख्य बढ्थ्यो तर नेप्से परिसूचकको ओरालो यात्रा गरेसँगै कारोबार रकममा समेत उल्लेख्य सुधार आउन सकेको छैन। आमलगानीकर्ताको मनोबल बजार बढ्ने भए पनि अधिक सेयर बिक्रीको चापले नेप्से परिसूचकमा दबाब परिरहेको छ।
सूचक बढ्दा सेयरमूल्य बढ्ने आशामा लगानीकर्ताले समेत उल्लेख सेयर खरिद गर्ने परिपाटी पछिल्लो समय देखिएको छ। यद्यपि नेप्से परिसूचक १५०० माथि उक्लिँदा परिसूचक बढ्ने आशामा लगानी ओइराई ठूलो रकम ब्लक भइबसेको छ भने बजार घट्दासमेत तिनै लगानीकर्ता हाल सेयर खरिदमा अन्यौल रहेको बताइन्छ।
आज नेप्से उपसमूहमा रहेका १२ मध्ये १० वटामा हरियाली छाएको छ भने दुईवटामा रातो पोतिएको छ।
आज निर्जीवन बीमा र जीवन बीमा समूहमा उछाल आएको छ। यी दुवै समूहमा क्रमशः १८५.७ अंक र १५४.६७ अंकको बढोत्तरी दिएको छ। त्यस्तै बैंकिङ समूहमा ३ अंक, व्यापार समूहमा ७.९४ अंक, होटेल्स् समूहमा ४२.५५ अंक, जलविद्युत् समूहमा ६.६२ अंक, वित्त समूहमा १.४९ अंक, उत्पादन तथा प्रशोधन समूहमा १७.८५ अंक, अन्य समूहमा ४.७७ अंक र लघुवित्त समूहमा २७.६५ अंकको वृद्धि देखिएको छ।
यो दिन विकास बैंक समूहमा ३.६५ अंक र म्युचुअल फन्ड समूहमा ०.०४ अंकको गिरावट आयो।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये १८७ कम्पनीका ३३ लाख ९२ हजार ९६९ कित्ता सेयर १ अर्ब ३२ करोड ७१ लाख ३५ हजार २१८ रुपैयाँमा कारोबार भयो।
यो दिन नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार उच्च रह्यो। यो कम्पनीको मात्र ११ करोड ३२ लाख रुपैयाँ बढीको कारोबार भयो।
यस्तै नेपाल लाइफ इन्स्योरेन्सको १० करोड २९ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको ८ करोड ५ लाख रुपैयाँ, एनआईसी एसिया लघुवित्तको ७ करोड ७ लाख रुपैयाँ, एनएमबी बैंकको ६ करोड ३२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ५ करोड ८९ लाख रुपैयाँ, नेको इन्स्योरेन्सको ४ करोड ९६ लाख रुपैयाँ, नबिल बैंकको ४ करोड ६७ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड २७ लाख रुपैयाँ र एभरेस्ट बैंकको २ करोड ७४ लाख रुपैयाँबराबरको कारोबार भयो।
धेरै कमाउने र गुमाउनेहरु
आज चारवटा कम्पनीको सेयरमूल्यमा उछाल आउँदै पोजेटिभ सर्किट लागेको छ। तारागाउँ रिजेन्स होटेल र मिर्मिरे लघुवित्तको सेयरमूल्य १० प्रतिशत तथा ओरियन्टल होटेल र कालिका माइक्रोक्रेडिटको सेयरमूल्यमा १० प्रतिशत हाराहारीको वृद्धि भएको छ। यस्तै मिथिला लघुवित्तको सेयरमूल्यमा पनि साढे ९ प्रतिशत बढोत्तरी भएको छ।
यो दिन मल्टिपर्पस फिनान्स र हिमालय ऊर्जा विकास कम्पनीको सेयरमूल्यमा ५ प्रतिशत बढीको गिरावट आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago