काठमाण्डौ । यो साता धितोपत्र कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचकमा झिनो अंकको गिरावट आएको छ भने कारोबार रकमसमेत खुम्चिएको छ।
लगानीकर्ताहरुले निरन्तर उकालो लागेको बजारमा प्रफिट बुकमा हतारो गरेकै कारण समेत परिसूचकमा दबाब परेको विश्लेषकहरु बताउँछन्। आज नियमित कारोबार समयको पहिलो प्रहरमा ओरालो लागे पनि दोस्रो प्रहरदेखि भने बजार सम्हालिँदै परिसूचकमा तीव्र उत्तारचढाव देखिएको थियो।
केही दिनयता निरन्तर उकालो लागेको बजार आज साताको अन्तिम दिन भने लगानीकर्ताहरुले प्रफिट बुक गर्न सेयरको मागभन्दा आपूर्ति बढाएका थिए। सेयरको आपूर्ति हावी हुँदा आज नेप्सेमा सूचीकृत कम्पनीमध्ये ६८ कम्पनीका सेयरमूल्यमात्रै उक्लिए भने ८५ कम्पनीका सेयरमूल्य ओरालो लाग्यो। यसैगरी १४ कम्पनीका सेयरमूल्य भने स्थिर रहे।
आज नेप्से परिसूचक ०.१५ अंकको गिरावटका साथ १५१०.४२ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक भने ०.१४ अंकको वृद्धिसँगै ३०४.७३ अंकको विन्दुमा उक्लिएको छ।
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ७ वटा समूहमा हरियाली र ५ वटामा रातो पोतिएको छ।
यो दिन निर्जीवन बीमा समूहमा सबैभन्दा बढी ६७.३४ अंकको उछाल आएको छ। होटेल्स् समूहमा ३१.७४ अंकको बढोत्तरी भएको आज वित्त समूहमा ०.०७ अंक, अन्य समूहमा ११.९७ अंक, लघुवित्त समूहमा ७.४६ अंक, जीवन बीमा समूहमा १५.३२ अंक र म्युचुअल फन्ड समूहमा ०.०६ अंकको वृद्धि भएको छ।
आज सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूहमा ३५.९४ अंकको गिरावट आएको छ। यो दिन जलविद्युत् समूहमा २४.९८ अंक, व्यापार समूहमा ९.७१ अंक, विकास बैंक समूहमा ४.४१ र बैंकिङ समूहमा २.९६ अंकको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये १८६ कम्पनीका ९३ लाख २ हजार ९७० कित्ता सेयर २ अर्ब ६३ करोड ४८ लाख ८६ हजार २३१ रुपैयाँमा कारोबार भयो।
यो दिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी ४१ करोड ५७ लाख रुपैयाँ बढीको कारोबार भयो। शिखर इन्स्योरेन्सको १३ करोड ४ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेको इन्स्योरेन्सको ९ करोड ४७ लाख रुपैयाँ, नेपाल बैंकको ८ करोड ९९ लाख रुपैयाँ, अरुण काबेलीको ८ करोड ६ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ८७ लाख रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सको ६ करोड १३ लाख रुपैयाँ, अप्पर तामाकोशीको ५ करोड ५२ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको ५ करोड ३८ लाख रुपैयाँ र ग्लोबल आईएमई बैंकको ४ करोड ९२ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउनेहरु
आज तीनवटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो दिन उन्नति सहकार्य लघुवित्त, अरुण काबेली र एनआरएन इन्फ्रास्टक्चरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। यो दिन जोशी हाइड्रोपावरको सेयरमूल्यमा पनि ९ प्रतिशत बढीको उछाल आएको छ।
आज पाँचथर पावर कम्पनीको सेयरमूल्यमा ७ प्रतिशतको हाराहारी र हिमालयन पावरको सेयरमूल्यमा ६ प्रतिशत बढीको गिरावट आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19