काठमाण्डौ । नेप्से परिसूचक आज बुधबार झिनो अंकले घटेको छ। आज कारोबार रकमसमेत पौने २ अर्ब रुपैयाँमा सीमित बनेको छ।
आज नेप्से परिसूचक २.३९ अंकको गिरावटका साथ १६४०.६४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.११ अंकको गिरावटका साथ ३२६.४९ को विन्दुमा सीमित बनेको छ।
आज परिसूचकमा झिनो अंकको गिरावटसँगै कारोबार संख्या करिब २४ हजारमात्र हुँदा कारोबार रकमसमेत खुम्चँदै गएको हो। पहिलो त्रैमासिक प्रतिवेदनको पर्खाइमा रहेका लगानीकर्ताहरु हाल पर्ख र हेरेको रणनीति लिएका कारण बजारमा तीव्र उत्तारचढाव नदेखिएको विश्लेषकहरु बताउँछन्।
बजारको परिदृश्य नियाल्दा बिक्रीकर्ता र खरिदकर्ताको निकै बार्गेनिङ चलिरहेको देखिन्छ। बेच्नेले महँगोमा बेच्ने कोसिस गर्ने र किन्नेले पनि एक–दुई रुपैयाँ सस्तोमा किन्ने रणनीति बनाउँदा सेयर कारोबारमा खासै उत्साह नआएको हो।
नेप्से परिसूचक यो साताभरि नै सुस्त हुने विश्लेषकहरुको दाबी यतिबेला पुष्टि हुँदै गइरहेका बेला कारोबार संख्या र कारोबार रकमसमेत ओरालो यात्रा लागिरहेको देखिन्छ। सक्रिय र स्मार्ट लगानीकर्ताहरु हाल सेयर खरिदबिक्रीमा संलग्न नहुुँदा कारोबार संख्या र कारोबार रकमसमेत खुम्चिँदै गएको विश्लेषकहरुको भनाइ छ।
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ५ वटामा मात्र हरियाली आएको छ भने बाँकी ७ वटामा रातो पोतिएको छ।
यो दिन व्यापार समूह सबैभन्दा बढी २५.३१ अंकले उकालो लागेको छ। होटेल्स् समूहमा ४.६७ अंक, जलविद्युत् समूहमा १.५८ अंक, अन्य समूहमा ५.३९ अंक र म्युचुअल फन्ड समूह ०.०१ अंकको बढोत्तरी आएको छ।
आज निर्जीवन बीमा समूह सर्वाधिक ८८.६८ अंकले ओरालो लागेको छ। जीवन बीमा समूह १२.६७ अंकले घटेको यो दिन बैंकिङ समूह ३.०४ अंक, विकास बैंक समूह ११.४२ अंक, वित्त समूह २.८८ अंक, उत्पादन तथा प्रशोधन समूह ०.११ अंक र लघुवित्त समूह ३.६६ अंकले घटेका छन्।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २०१ कम्पनीका ५६ लाख ३१ हजार ४९४ कित्ता सेयर १ अर्ब ७५ करोड ७४ लाख २३ हजार ७४५ रुपैयाँमा कारोबार भएका छन्।
यो दिन प्राइम कमर्सियल बैंकको सर्वाधिक ९ करोड ५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अरुण काबेली पावरको ८ करोड २४ लाख रुपैयाँबराबरको कारोबार भएको आज एनटीसीको ७ करोड ५७ लाख रुपैयाँ, अपी पावरको ५ करोड ११ लाख रुपैयाँ, गुराँस लाइफ इन्स्योरेन्सको ४ करोड ९० लाख रुपैयाँ, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको ४ करोड ३३ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३ करोड ८३ लाख रुपैयाँ, शिवश्री हाइड्रोपावरको ३ करोड ५२ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ३ करोड ३४ लाख रुपैयाँ र सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक सेयरको ३ करोड ३४ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज दुईवटा कमपनीका सेयरधनीहरु मालामाल भएका छन्। यो दिन विशाल बजार कम्पनीको सेयरमूल्यमा १० प्रतिशत र आजैबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको सानिमा जनरल इन्स्योरेन्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ।
यो दिन शिवश्री हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ५ प्रतिशत बढीको गिरावट आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago