काठमाण्डौ । यो साता कारोबारको चौथो दिन बुधबार दोहोरो अंकको वृद्धिसहित नेप्से परिसूचक १६ सयको विन्दु पार गरेर बजार बन्द भएको छ। आज सेयर कारोबार रकमसमेत बढेर सवा ३ अर्ब रुपैयाँ नाघेको छ।
आज नेप्से परिसूचक १४.६८ अंकको वृद्धिका साथ १६००.९७ को विन्दुमा उक्लिएको छ। आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.१७ अंकको वृद्धिका साथ ३१६.३९ को उचाइमा पुगेको छ।
परिसूचक १५८० विन्दु आसपासमा निकै दिनको संघर्षपछि आज नेप्सेले १६०० विन्दुको टेवा समाएको हो। १६०० विन्दु नेप्सेको परिसूचकले लगानीकर्तामा थप मनोबल बढाउने र अबको यात्रा उकालो नै तय गर्ने विश्लेषकहरु दाबी गर्छन्।
कारोबारको प्रकृति हेर्दा खरिदकर्ता र बिक्रीकर्ताबीच निकै बार्गेनिङको अवस्था रहेकोमा अब परिसूचक १६०० विन्दु पार गर्दा स्वतः लगानीकर्ताहरुको आत्मविश्वास बढ्ने र बजारमा हरियाली छाउने विश्लेषकहरु जिकिर गर्छन्।
उसो त प्राविधिक विश्लेषकहरुसमेत साताको अन्तिमतिरबाट परिसूचकले अर्को निकै लामो फड्को मार्दै बजारमा उछाल आउने दाबी गरेका छन्।
केही दिनयता हाइड्रोपावर समूहमा लगानीकर्ता झुम्मिने क्रमले निरन्तरता पाइरहेको छ। आजको दिन हाइड्रोपावरसँगै होटल्स, वित्त, विकास बैंक र निर्जीवन बीमा समूहमा समेत उत्साह थपिएको देखिन्छ।
हाइड्रोपावर कम्पनीका सेयरमूल्य औसतमा ५० प्रतिशतभन्दा धेरै बढोत्तरी आइसकेको र आगामी दिनमा बीमा र लघुवित्त समूहमा लगानीकर्ता सिफ्ट हुने तरखरमा लाग्दा समेत आज प्रायः सबै समूहमा हरियाली छाएको जानकारहरु बताउँछन्।
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये १० वटामा हरियाली छाएको छ भने २ वटामा रातो पोतिएको छ।
यो दिन विकास बैंक समूहमा सबैभन्दा धेरै ७७.९८ अंकको उछाल आएको छ। निर्जीवन बीमा समूहमा ७६.०८ अंकको बढोत्तरी भएको यो दिन बैंकिङ समूह ५.५३ अंक, व्यापार समूह ६.९ अंक, होटेल्स् समूह ५२.६७ अंक, जलविद्युत् समूह ७५.९३ अंक, वित्त समूह २३.१४ अंक, अन्य समूह ४.७ अंक, जीवन बीमा समूह १७.६६ अंक र म्युचुअल फन्ड समूह ०.०५ अंकले बढेका छन्।
आज उत्पादन तथा प्रशोधन समूह १.०३ अंक र लघुवित्त समूह ०.२ अंकले घटेको छ।
धरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये १९५ कम्पनीका १ करोड २६ लाख ९९ हजार ५३५ कित्ता सेयर ३ अर्ब ३५ करोड ८५ लाख ६ हजार २९६ रुपैयाँमा कारोबार भएको छ।
यो दिन अरुण काबेली पावरको सर्वाधिक १५ करोड २९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
अरुण भ्याली हाइड्रोपावरको १३ करोड ५१ लाख रुपैयाँको कारोबार भएको यो दिन सानिमा माई हाइड्रोपावरको ११ करोड १० लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको १० करोड ८८ लाख रुपैयाँ, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको १० करोड ६५ लाख रुपैयाँ, शिवम सिमेन्टको ९ करोड ९६ लाख रुपैयाँ, माथिल्लो तामाकोशीको ९ करोड २७ लाख रुपैयाँ, अपी पावरको ८ करोड ३ लाख रुपैयाँ, बुटवल पावरको ७ करोड ८९ लाख रुपैयाँ र युनाइटेड मोदी हाइड्रोपावरको ७ करोड ७७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज २४ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। जसमा अधिकांश जलविद्युत् कम्पनीहरु छन्।
यो दिन कर्णाली विकास बैंक, नेसनल हाइड्रोपावर, बरुण हाइड्रोपावर र सेन्जेन जलविद्युत कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर पोजेटिभ सर्किट लाग्यो।
यसैगरी आज दिव्यश्वरी हाइड्रोपावर, समृद्धि फाइनान्स, आँखुखोला जलविद्युत, तिनाउ मिसन डेभलपमेन्ट बैंक, घलेम्दी हाइड्रोपवार, खानीखोला हाइड्रोपावर, नेपाल हाइड्रो, राइराङ हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, माउन्टेन हाइड्रो, सांग्रिला डेभलपमेन्ट बैंक, अपी पावर, पोखरा फाइनान्स, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट, पाँचथर पावर, ङादी ग्रुप, जोशी हाइड्रोपावर, युनियन हाइड्रोपावर, हिमालय दोलखा हाइड्रोपावर र कालिका पावरको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ।
यो दिन अन्य आधा दर्जनभन्दा बढी कम्पनीको सेयरमूल्यमा ९ प्रतिशतभन्दा बढीको उछाल आएको छ।
आज लक्ष्मी इक्विटी फन्डका इकाइधनीहरुले धेरै गुमाए। यो फन्डको इकाइमूल्यमा ३ प्रतिशत बढीको गिरावट आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19