काठमाण्डौ । बजार खुलेको सवा २ घन्टामा नेप्से परिसूचकले २२ सय विन्दु पार गरेको छ।

यो समाचार तयार पार्दासम्म परिसूचक २५.८५ अंकले बढेर २२०४.४१ को उचाइमा पुगेको छ। यो हालसम्मकै उच्च विन्दु हो।

यो बेलासम्म ३ अर्ब १५ करोड रुपैयाँबराबरको सेयर किनबेच भइसकेको छ भने नेप्से उपसमूहमा रहेका जलविद्युतबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ। यतिबेला निर्जीवन बीमा समूहमा २१५.२३ ले अंक बढेको छ।

यतिबेलासम्म उच्च कारोबार गर्नेमा प्रभु बैंक रहेको छ। यो बैंकको मात्रै २० करोड ८२ लाख रुपैयाँ बढीको कारोबार भइसकेको छ।

अहिलेसम्म दुईवटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागिसकेको छ। मिर्मिरे लघुवित्त र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो।