काठमाण्डौ । नेपालमा बुधबार एकैदिन १७ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार पर्सा जिल्लामा एकैदिन १७ संक्रमित थपिएका हुन् ।
संक्रमित सबै वीरगञ्जका हुन् । उनीहरुमध्ये १० पुरुष र ७ महिला रहेका छन् । नेपालमै पहिलो पटक २ महिने शिशुमा समेत कोरोना संक्रमण फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पुष्टि गरेका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।
हालसम्म कोरोना संक्रमित भएर उपचारपछि घर फर्किनेको संखया २२ रहेको छ भने बाँकी सबैको सामान्य अवस्थामा उपचार भइरहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago