काठमाण्डौ । पशुपति पेन्ट्सले ‘महा पर्वको रङ्गोत्सव रिटर्न्स’ योजनाको घोषणा गरेको छ । 

कम्पनीले नजिकिँदै गरेको महान् पर्व दशैँ र तिहार लक्षित गर्दै  ‘महापर्वको रङ्गोत्सव रिटर्न्स’ योजनाको घोषणा गरेको हो । उक्त योजना भाद्र १ देखि कार्तिक ३० गते सम्म लागु हुने कम्पनीले जानकारी दिएको छ । 

‘महा पर्वको रङ्गोत्सव रिटर्न्स’ योजनामा सहभागी हुन उपभोक्ताले कम्तीमा रु. ५० हजार बराबरको पशुपति पेन्ट्सका उत्पादन खरिद गर्नुपर्ने हुन्छ । कम्पनीका अनुसार योजनामा सहभागी उपभोक्तालाई एक थान लक्कि ड्र कुपन उपलब्ध गराइन्छ । यसरी संकलित लक्कि ड्र कुपनहरुमध्येबाट गोलाप्रथाद्वारा विजेता छनोट गरी तिनलाई विभिन्न उपहारको ब्यवस्था समेत गरिएको कम्पनीले जनाएको छ । 

लक्कि ड्र कुपनमार्फत भाग्यशाली विजेता एकजनाले बम्पर पुरस्कार स्वरुप बजाज पल्सर एनएस २०० जित्न सक्नेछन् । त्यसैगरी, योजनाको प्रथम पुरस्कारका रुपमा १ थान सुजुकी लेट्स स्कुटर १ जनालाई, दोस्रो पुरस्कारका रुपमा स्मार्टफोन ४ जनालाई, तेस्रो पुरस्कारका रपमा आइप्याड ४ जनालाई, चौथौँ पुरस्कारका रुपमा आई थ्री ल्यापटप ४ जनालाई, पाँचौँ पुरस्कारका रुपमा ट्याब्लेट  ४ जनालाई , छैठौँ पुरस्कारका रुपमा ५ ग्राम सुन ८ जनालाई र सातौँ पुरस्कारका रुपमा १ सय ग्राम चाँदी १६ जनालाई ब्यवस्था गरिएको छ ।