काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले पश्चिम रुकुम जिल्लाको मुसीकोट नगरपालिका–१ स्थित २६२औँ शाखा कार्यालय मुसीकोट विस्तार गरी कारोबार शुभारम्भ गरेको छ।
बैंक सञ्चालक समितिका सदस्य दिलिपकुमार ढुंगाना र प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ताम्रपत्र अनावरण र रिबन काटेर संयुक्त रुपमा उक्त शाखाको उद्घाट्न गरेका हुन्।
उक्त अवसरमा बैंक सञ्चालक समितिका सदस्य दिलीपकुमार ढुंगानाले नेपाल सरकारको स्थानीय तहमा बैंकिङ पहुँच पुर्याउने उद्देश्यअनुरुप सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकले शाखा विस्तार गरेको उल्लेख गर्दै पालिकाको समग्र विकासमा बैंकको महत्वपूर्ण भूमिका हुने बताए।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले ७७ वटै जिल्ला सदरमुकाममा प्राथमिकताका साथ शाखा स्थापना गर्ने योजनाबमोजिम शाखा विस्तार गरी आमनागरिकमा वित्तीय पहुँच विस्तार गरिरहेको बताए।
उक्त समारोहमा प्रभातफेरी कार्यक्रम गरी नगरपरिक्रमा गरिएको थियो।
बैंकको कर्णाली प्रदेशिक कार्यालयका उपप्रमुखको केशवराज खनालको सभापितत्वमा सम्पन्न भएको कार्यक्रममा पूर्वप्रदेशमन्त्री एवं सांसद गोपालप्रसाद शर्मा, प्रदेश सांसद देवी ओली, आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसी, मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार केसी, सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर बिष्ट, पश्चिम रुकुम जिल्लाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, मुसिकोट उद्योग वाणिज्य संघका अध्यक्ष पलबहादुर खड्का, राजनीतिक दलका स्थानीय प्रतिनिधिहरु, समाजसेवीहरु, उद्योगी–व्यवसायीहरु, नेपाली सेना, नेपाल प्रहरी, अन्य स्थानीय संघसंस्थाका प्रतिनिधिहरु, बैंकका प्रबन्धक जितेन्द्रसिंह थापा, शाखा प्रबन्धक मुनबहादुर बुढा, कर्मचारीहरुलगायत सर्वसाधारणहरुको उपस्थिति थियो।
बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २६२ वटा शाखा कार्यालय, २६८ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ सेवा रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19