काठमाण्डौ । इन्फिनिटी लघुवित्तको आइपीओमा पहिलो दिन नै मागभन्दा दोब्बर बढी आवेदन परेको छ ।
बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमीटेडका अनुसार देशभरबाट यो कम्पनीको आइपीओमा पहिलो दिन सोमबार ६० हजार ९७२ आवेदकले १३ लाख ५५ हजार ४५० कित्ता खरीदका लागि आवेदन दिएका हुन् ।
यो कम्पनीले कुल ६ लाख ७४ हजार ३०० कित्ता आइपीओ निश्कासन गरेको हो । जसमध्ये ३३ हजार ७०० म्युचुअल फण्डका लागि १० हजार ३७० कित्ता कम्पनीको कर्मचारीका लागि छुट्याइएको छ । बाँकी कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको हो ।
यो कम्पनीको आइपीओमा जेठ १३ गतेभित्र आवेदन दिन सकिन्छ । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३३७० कित्तासम्मका लागि आवेदन दिने सुविधा छ । तर, आइपीओ पहिलो दिन नै ओभरसब्स्क्राइब्ड भइसकेकोले १० कित्ताका लागि मात्र आवेदन दिए काफी हुन्छ ।
अधिकांश लघुवित्त संस्थाहरुको आइपीओमा अचाक्ली आवेदन पर्ने गरेको छ । परेका आवेदनमध्येबाट १० कित्ताको दरले गोलाप्रथामा भाग्यमानी प्रमाणित हुनेले मात्र सेयर पाउने गरेका छन् ।
आइपीओपछि कम्पनीको चुक्तापूँजी बढेर २० करोड ७० लाखको उचाईमा पुग्नेछ ।
कम्पनीको आइपीओलाई केयर नेपाल प्रालिले ग्रेड फोरको रेटिङ प्रदान गरेको छ, यसको अर्थ कम्पनीको वित्तीय अवस्था औसत कमजोर छ भन्ने हो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19