काठमाण्डौ । निष्कासनको पहिलो दिन नै प्रभु सेलेक्ट फण्डमा ५६.१४ प्रतिशत इकाइ खरिदका लागि आवेदन परेको छ।
प्रभु क्यापिटल लिमिटेडअन्तर्गत सञ्चालित हुने रु. १० अंकित दरमा १ अर्ब रुपैयाँबाराबरको १० करोड इकाइ आज जेठ ५ गतेबाट बिक्री खुला गरिएको छ। आज पहिलो दिन नै १७ हजार ९७२ जना सर्वसाधारण लगानीकर्ताबाट ४१ करोड १४ लाख ८३ हजार ७०० रकमबराबरको ४ करोड ११ लाख ४८ हजार ३७० इकाई खरिदका लागि आवेदन परेको प्रभु क्यापिटलले जनाएको छ।
यो फन्डका १५ प्रतिशत इकाईमध्ये कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेडलाई १ करोड ४० लाख र कोष व्यवस्थापक प्रभु क्यापिटललाई १० लाख इकाइ सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाइ सर्वसाधारणलाई बिक्री खुला गरिएको छ। यो फन्डमा लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड इकाइसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।
इकाइ खरिदका लागि आवेदन दिने अन्तिम समय छिटोमा जेठ ९ गते आइतबारसम्म रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago