काठमाण्डौ । साताको पहिलो कारोबार आज सोमबार सेयर बजारमा ५० अंकको गिरावट आएको छ। 

प्राविधिक रुपमा बजारलाई नियाल्दा आज बियारिस क्यान्डल स्टिक बनेको छ। नेप्सेको आवरली चार्टमा पिभट प्वइन्टमा पहिलो सपोर्ट २१९२ मा रहेको थियो। यसलाई आजको बजारले भत्काएको छ। 

अबको दोस्रो सपोर्ट भनेको २१६१ मा देखिन्छ भने तेस्रो सपोर्ट भनेको २१३२ मा देखिन्छ। यदि बाजर बढेमा पहिलो प्रतिरोध २२५२, दोस्रो प्रतिरोध २२८१ र तेस्रो प्रतिरोध भनेको २३१२ मा देखिन्छ। 

हाल बजार पिभट प्वइन्ट २२२१ भन्दा तल कारोबार भएको छ।

आरएसआईअन्तर्गत हालको बजारको बिन्दु ओभर सोल्ड जोननजिक ३० मा पुगेको छ। अघिल्लोपटक यस्तो विन्दु २५ को तहमा पुगेपछि बजार उकालो लागेको थियो भने ५० को न्युट्रल जोनमा पुगेपछि ओरालो लागेको थियो।