काठमाण्डौ । अघिल्लो सातादेखि निरन्तर घटेको सेयर बजार यो साता पनि घट्ने क्रम  रोकिएको छैन। 

अघिल्लो साताभरि बजारमा १४५ अंकले  गिरावट आएको थियो।  यो साताको पहिलो कारोबार सोमबार झन्डै १२ अंकले गिरावट आएको बजार आज मंगलबार ४५ अंकभन्दा बढीले गिरावट आएको देखिन्छ। योसँगै बजार लगातार आजसम्म ९ दिन घटेको छ। 

आज बजारले प्राविधिक रुपमा दैनिक चार्टमा पिभट प्वइन्टको पहिलो २०४६ को  विन्दुमा पहिलो सपोर्ट भत्काएको छ। आगामी कारोबारमा यदि बजार घटेमा अबको दोस्रो सपोर्ट भनेको १९५६ को विन्दुमा देखिन्छ। (हेर्नुहोस् पिभट प्वइन्टको तस्बिर) 

यदि बजार बढेमा पहिलो प्रतिरोध २३०९ मा हुनेछ। 

आरएसआईअन्तर्गत आज बजार ओभर सोल्ड जोनको २१ को तहमा बन्द भएको छ। यस्तो विन्दु करिब ६ महिनापहिले १९ को तहमा आएपछि बजार फर्केको  थियो। 

म्याक्डीअन्तर्गत भने गत ३१ मेमा बियारिस क्रसओभर बनेको बजारमा हालसम्म पनि बियरिस भ्यालिड नै छ। मूल्यरेखाले  बोलिंगर ब्यान्डको तल्लो विन्दुमा छोएर आज केही अंश बाहिर आएको देखिन्छ। 

आप्पर ब्यान्ड र लोअर ब्यान्डको दूरी बढेको छ। यसले बजारमा उच्च उतारचढाव भएको बुझिन्छ। 

आवरली चार्टमा पनि अबको दोस्रो सपोर्ट १९७१ को विन्दुमा देखिन्छ भने पहिलो प्रतिरोध २१२१ विन्दुमा रहेको छ।