काठमाण्डौ । पाँचथर पावर कम्पनी लिमीटेडको आइपीओ बिहीबार अपरान्ह ३ः३० बजे बाँडफाँड गरिएको छ । 

बिक्री प्रबन्धक सानिमा क्यापिटलले एक समारोहका बीच आइपीओ बाँडफाँड गरेको हो । 

यो कम्पनीले रु. १०० अंकित दरको १७,५०,२५० कित्ता साधारण शेयरहरु मध्ये सामूहिक लगानीकोषका लागि ५ प्रतिशतले हुन आउन ८७,५१२ कित्ता र निष्काशनकर्ता संस्थाका कर्मचारीहरुका लागि ९,५९८ कित्ता बाँडफाँड गरी बाँकी रहेको १६,५३,१४० कित्ता शेयरहरु बाँडफाँड गरेको हो । 

फागुन १३ देखि १७ गतेसम्म निश्कासन गरिएको आइपीओमा ८२,६७४ जना आवेदकहरुबाट जम्मा ३३,७४,३२० कित्ताको लागि शेयर आवेदन प्राप्त भएको थियो । 

बिक्री प्रबन्धकका अनुसार २० कित्तासम्म आवेदन दिने सबैलाई माग गरे बमोजिम कुल ४५,०४७ जनाले ५,६५,२९० कित्ता सेयर पाएका छन् । 

यसैगरी, ३० देखि ९,६२० कित्तासम्म माग गर्ने ३७,६२७ जना आवेदकहरुलाई २० कित्ताको दरले कुल ७,५२,५४० कित्ता बाँडफाँड गरिएको छ ।

यसपछि बाँकी रहन गएको ३,३५,३१० कित्ता शेयरलाई ३० कित्ता देखि ९,६२० कित्ता सम्म माग गरी आवेदन दिने आवेदकहरुलाई पुनः १० कित्ताको दरले बाँडफाँड गर्न नपुग हुने हुनाले गोलाप्रथाको माध्यमबाट ३३,५३१ जना सफल आवेदनकर्ता छनौट गरी थप १० कित्ताको दरले ३,३५,३१० कित्ता शेयर पून बाँडफाँड गरी जम्मा ८२,६७४ जना आवेदकलाई कुल १६,५३,१४० कित्ता शेयर बाँडफाँड गरिएको हो ।

हेर्नुहोस् रिजल्ट :