काठमाण्डौ । पाँचथर पावर कम्पनीको थप ७९ लाख ८४ हजार बढी कित्ता सेयर धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ। 

कम्पनीको संस्थापक र आयोजना प्रभावित स्थानीय बासिन्दाको सेयर सर्वसाधारणमा परिणत भएपछि धितोपत्र दोस्रो बजारमा किनबेच खुल्ने भएको हो। 

कम्पनीका अनुसार संस्थापक सेयरधनीको ७७ लाख कित्ता र आयोजना प्रभावित स्थानीयको १ लाख ७४ हजार ७५० कित्ता गरी कुल ७८ लाख ८४ हजार ३४० कित्ता सेयर सर्वसाधारणमा परिणत भएको हो। 

अब यी सेयर फागुन २३ गतेबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने कम्पनीले जनाएको छ। 

कम्पनीका अनुसार १४.९ मेगावाट क्षमताको हेवा खोला ए जलविद्युत आयोजनाका लागि लगानी गरिएको संस्थापक र आयोजना प्रभावित सेयर सर्वसाधारणमा परिणत गरिएको हो। 

हिजोको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता ५३० रुपैयाँ कायम भएको थियो।