काठमाण्डौ । लगानी बोर्डले पाँचवर्षे व्यावसायिक योजनासहितको रणनीति ल्याउन लागेको छ। 

बोर्डको दसौँ वार्षिकोत्सवका अवसरमा रणनीतिक योजना (२०७८–८२) सार्वजनिक गरिन लागेको हो। भोलि भदौ २३ गते आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाले रणनीति योजना सार्वजनिक गर्ने छन्। 

बोर्डद्वारा जारी विज्ञप्तिमा कार्यक्रममा नेपालका लागि विभिन्न देशका राजदूतलगायतले सम्बोधन गर्ने छन्। 

यसैगरी विभिन्न विषयमा विज्ञ समूहहरुको छलफल पनि आयोजना गरिने बोर्डले जनाएको छ। 

सोही कार्यक्रममा नेपाल इन्भेस्टमेन्ट गाइड-२०२१ र कफी टेबल बुकसमेत सार्वजनिक हुने विज्ञप्तिमा जनाइएको छ।