काठमाण्डौ । बोटलर्स नेपाल(तराई) लिमिटेडले पाँच वर्ष पुरानो लाभांश रकम बुझिलिन आउन सेयरधनीहरुलाई आग्रह गरेको छ। 

कम्पनीले ३० औँ वार्षिक साधारणसभा (आर्थिक वर्ष २०७२/७३)बाट पारित भएको नगद लाभांश कतिपय सेयरधनीले हालसम्म पनि बुझिलिन बाँकी रहेकाले भुक्तानी लिन आउन आग्रह गरेको हो। 

यसका लागि कम्पनीले सेयरधनीहरुलाई आफ्नो परिचयपत्रका साथ कम्पनीको सेयर रजिस्ट्रार नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडको काठमाण्डौको नक्सालस्थित नारायणचौरमा रहेको कार्यालयमा एक महिनाभित्र सम्पर्क राख्न आग्रह गरेको छ। 

तोकिएको समयावधिभित्र लाभांश भुक्तानी बुझिलिन नआएको खण्डमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले स्पष्ट पारेको छ।