काठमाण्डौ । बोटलर्स नेपाल (तराई) लिमिटेडले पाँच वर्ष पुरानो लाभांश भुक्तानी लिन आउन सेयरधनीहरुलाई आग्रह गरेको छ।
आर्थिक वर्ष २०७३–७४को वार्षिक साधारणसभाबाट पारित लाभांश भुक्तानी लिन बाँकी सेयरधनीहरुलाई कम्पनीले यस्तो आग्रह गरेको हो।
‘उक्त आर्थिक वर्षको पारित लाभांश सम्बन्धित सेयरधनीहरुले वा निजको हकवालाले ५ वर्ष पुगिसक्दा पनि हालसम्म भुक्तानी नलिई कम्पनीको अभिलेखमा भुक्तानी लिन बाँकी देखिएको छ’, कम्पनीले भनेको छ, ‘त्यसैले यस कम्पनीको सेयर रजिस्ट्रारको कार्यालय नबिल इन्भेस्टमेन्ट बैंकिङमा लाभांश रकम भुक्तान लिन बाँकी रहेका सेयरधनीले आफ्नो परिचयपत्र लिई यो सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र सम्पर्क गरी लिन आउन आग्रह गर्दछौँ।’
उक्त अवधिभित्र लिन नआए उक्त भुक्तानी गर्न बाँकी रहेको लाभांश रकम कम्पनी ऐन, २०६३को दफा १८३ बमोजिम स्थापित लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19