काठमाण्डौ । एभरेस्ट बैंकले भुक्तानी लिन बाँकी ५ वर्ष पुरानो लाभांश लिन आउन सेयरधनीहरुलाई आग्रह गरेको छ।

बैंकले आज एक सूचना प्रकाशित गरी आर्थिक वर्ष २०५५–५६ देखि २०७४–७५ सम्मको भुक्तानी लिन बाँकी नगद लाभांश लिन आउन सेयरधनीहरुलाई आग्रह गरेको छ। यो अवधिमा साधारण सेयर र अग्राधिकार सेयरको भुक्तानी लिन बाँकी नगद लाभांश लिन आउन सेयरधनीहरुलाई आग्रह गरेको छ। 

बैंकले साधारण सेयरतर्फ यो अवधिको कुल ३ करोड २ लाख १५ हजार ६१८.२९ रुपैयाँ र अग्राधिकार सेयरतर्फ १ लाख ८६ हजार ३५०.७३ रुपैयाँ नगद लाभांश सेयरधनीहरुले भुक्तान लिन बाँकी छ। 

सेयरधनीहरुले आफ्नो सेयर प्रमाणपत्र, डिम्याट खाताको विवरण, सेयरसम्बन्धी कागजात र परिचयपत्र लिएर बैंकको सेयर शाखामा नगद लाभांश रकम भुक्तानी लिन सकिने बैंकले जनाएको छ। 

भुक्तानी हुन बाँकी नगद लाभांशको विवरण बैंकको वेबसाइटमा पनि राखिएको सूचनामा उल्लेख छ।