काठमाण्डौ । पाँच ब्रोकर कम्पनीको मार्जिन कारोबार अनुमति खारेज भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबाट मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५ परिच्छेद २ को दफा ६(२) मा भएको व्यवस्था बमोजिम मार्जिन कारोबार सेवा नवीकरणका लागि निवेदन प्राप्त नभएकाले ५ सदस्य दलाल कम्पनी(स्टक ब्रोकर कम्पनी)को सदस्यता खारेज भएको नेप्सेले जनाएको छ ।
सदस्यता खारेज हुनेमा स्टक ब्रोकर नम्बर २८ श्रीकृष्ण सेक्युरिटीज, स्टक ब्रोकर नम्बर ५२ सुन्धारा सेक्युरिटीज, स्टक ब्रोकर नम्बर १० प्रज्ञान सेक्युरिटीज, स्टक ब्रोकर नम्बर ५८ नासा सेक्युरिटीज र स्टक ब्रोकर नम्बर २२ सुप्रवी सेक्युरिटीज रहेको नेप्सेले जानकारी दिएको छ ।
नेप्सेबाट हालसम्म २२ ब्रोकर कम्पनीहरुले मार्जिन कारोबार सुविधा प्रदान गर्न सदस्यता लिएका छन् । माथि उल्लेख गरिएका ५ ब्रोकर कम्पनीबाट भने सदस्यता नवीकरणका लागि आवेदन नआएपछि स्वतः खारेज भएको नेप्सेद्वारा जारी सूचनामा उल्लेख छ ।
मार्जिन कारोबार सेवा नवीकरणका लागि चाहिँ १७ ब्रोकर कम्पनीले आवेदन दिएका नेप्सेले जनाएको छ ।
नवीकरणका लागि आवेदन दिएका ब्रोकर कम्पनीको सूची यस्तो छः
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19