काठमाण्डौ । मेगा बैंक नेपालले पाँच वर्षभन्दा पुरानो लाभांश बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ।
बैंकले आज एक सूचना प्रकाशित गर्दै पाँच वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको हो।
मेगा बैंकमा विभिन्न मितिमा साबिक पश्चिमाञ्चल डेभलपमेन्ट बैंक, टुरिजम डेभलपमेन्ट बैंक र गण्डकी विकास बैंक गाभिएका थिए। तिनै बैंकले विभिन्न आर्थिक वर्षमा वार्षिक साधारणसभामार्फत पारित गरेको नगद लाभांश अझै केही सेयरधनीहरुले लिन बाँकी रहेको बैंकले लाभांश बुझिलिन आग्रह गरेको हो।
त्यस्ता सेयरधनीहरुलाई लाभांश बुझ्न आउँदा आफूसँग रहेको सेयरधनी प्रमाणपत्र र परिचय खुल्ने कागजपत्र वा अन्य दाबीसम्बन्धी कागजात बैंकको कुनै पनि शाखा वा सेयर रजिस्ट्रार मेगा क्यापिटलको काठमाण्डौको त्रिपुरेश्वरस्थित कार्यालयमा सम्पर्क गर्न सूचनामा आग्रह गरिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19