धेरै युवती शरीरको वजन कम गर्न लागिपरेका हुन्छन् । डायटिङ गरेर शरीरको वजन कम हुने आशामा धेरै युवतीले कम खाने अथवा एक छाकमात्रै खाने गर्ने गरेका छन् । तर, पानी पिएर वजन कम गर्न सकिने तथ्य हालसालै प्रकाशमा आएको छ । इन्टरनेसनल जर्नल अफ ओबेसिटीमा प्रकाशित एक रिर्पोटअनुसार शरीरको वजन बढ्नुमा व्यायामको अभावमात्र प्रमुख कारण  होइन ।

बढी खाना खानु वजन बढ्नुको अर्को मुख्य कारण हो । शरीरको वजन कम गर्न अपनाउनुपर्ने उपाय पनि जर्नलमा सुझाइएको छ । खाना खानुअघि दुई गिलास पानी नियमित पिउने गरे तीन महिनाभित्र शरीरको वजन सात किलोसम्म कम हुनसक्ने रिपोर्टमा जनाइएको छ ।