नवलपुर । नवलपुरको गैंडाकोट नगरपालिका वडानम्बर १० मा उत्पादन प्लान्ट राखेको गोर्खा ब्रुअरीले ८ करोड ५० लाख रुपैयाँ बढी लगानी गरेर फोहोरजन्य पानी प्रशोधनका लागि अत्याधुनिक ट्रिटमेन्ट प्लान्ट जडान गरेको छ ।
औद्योगिक उत्पादनको क्रममा निस्किने फोहोरजन्य पानी तथा दूषित धूँवालाई प्रशोधन गरी नदी र हावासम्म पुग्दा वातावरणमा कुनै पनि प्रभाव नपरोस् भन्ने उद्देश्यले उद्योगले ट्रिटमेन्ट प्लान्टमा यति ठूलो खर्च गरेको हो ।
देशको कुनै पनि उद्योगले ट्रिटमेन्ट प्लान्टका लागि यति ठूलो लगानी गरेका छैनन् ।
गोर्खा ब्रुुअरीको उत्पादन प्लान्टका क्वालिटी हेड महेशकुमार ओझाका अनुसार उद्योग हाताभित्र अत्याधुनिक ट्रिटमेन्ट र वेस्ट वाटरको प्लान्ट जडान गरिएको छ । बियर उत्पादनको क्रममा निस्किने पानीजन्य फोहोरलाई पूर्ण रुपमा जोखिमरहित बनाउनका लागि विश्वमै उत्कृष्ट मानिने अत्याधुनिक प्रक्रिया उद्योगले अपनाएको देखिएको छ । यो उद्योगले प्रदूषण शून्य बनाई नजिकैको नारायणी नदीमा मिसाउने प्रशोधित पानीलाई प्रयोग गरेर निकट भविष्यमै वृहत माछापालन समेत गर्न लागेको बताइएको छ ।
उद्योगले प्रदूषित पानीजन्य फोहोर प्रशोधन गरी नदीमा मिसिँदा जोखिमरहित बनाउनका लागि एरोबिक र एनएरोबिक गरी दुवै सिस्टम जडान गरेको छ । ‘हामीले ट्रिटमेन्टका लागि चाहिने सबै प्यारामिटरलाई फलो गरेका छौ ।’ क्वालिटी हेड ओझाले भने–‘हामीसँग स्थापनाकालदेखि नै ट्रिटमेन्ट प्लान्ट थियो । पछिल्लो समय क्षमता बिस्तार गरी अत्याधुनिक बनाएका छौ ।’
उनका अनुसार पहिला लगाइएको ट्रिटमेन्ट प्लान्टको फोहोरजन्य पानी प्रशोधन गर्ने क्षमता ४०० किलोलिटर प्रतिदिन रहेकोमा क्षमता बिस्तार भई हाल ७५० किलोलिटर प्रतिदिन पुुगेको छ ।
उद्योगले त्यहाँबाट निस्किने बायुजन्य प्रदूषण नियन्त्रण गरी बाहिरी वातावरणमा जान नदिन ५ टन क्षमताका २ वटा डस्क बोइलर प्लान्ट समेत स्थापना गरेको छ । बोइलरमा साईकोलोन, एपिएच र ब्याक फिल्टर जडान गरिएको छ। उक्त यन्त्रले वायुमा जाने कालो धुवालाई रोक्न सहयोग गर्छ। हरेक ३ महिनामा परिवर्तन गर्नुपर्ने एउटा ब्याक फिल्टरको मूल्य मात्रै ७ लाख रुपैयाँ पर्ने उद्योगले जनाएको छ । उद्योगबाट निस्किने धूूँवामार्फत फैलिने बायु प्रदूूषणको नियन्त्रणका लागि यो उद्योगले गरेको लगानी समेत उल्लेख्य र उदाहरणीय रहेको देखिएको छ ।
उद्योगको फोहोरजन्य पानीको अवस्था
उद्योगको स्थलगत अनुुगमन र त्यहाँको अत्याधुनिक ल्याबले पत्रकारकै सामुु गरेको जाँचको क्रममा सरकारले तोकेको मापदण्डअनुसार नै सबै खालका प्यारामिटर रहेको देखिएको छ ।
सरकारले उद्योगबाट निस्किने फोहोरजन्य पानीमा केमिकल अक्सिजन डिमाण्ड(सीओडी) २५० मिलिग्राम प्रतिलिटर हुनुुपर्ने भने पनि गोर्खा ब्रुुअरीको उत्पादन युनिटबाट निस्किने फोहोरजन्य पानीमा सीओडीको मात्रा ११० भन्दा नबढेको देखिएको छ । यस्तै, बायोलोजिकल अक्सिजन डिमाण्ड(बीओडी) ३० भन्दा कम हुनुुपर्ने भन्ने प्रावधान रहेकोमा गोर्खाको २१ को हाराहारीमा रहेको छ ।
पानीमा कति धेरै प्रदूूषणयुक्त ठोस वस्तुु छ भन्ने जाँच गर्न आवश्यक टोटल सस्पेन्डेड सोलिड(टिएसएस) समेत सरकारले तोकेको मापदण्ड भन्दा पनि सहज अवस्थामा देखिएको छ। सरकारले पानीमा टिएसएस १०० प्रतिशत वा त्यो भन्दा कम हुनुुपर्छ भनेको छ, तर गोर्खाले यसलाई ६० प्रतिशतको हाराहारीमै व्यवस्थापन गर्न सफल बनेको देखिएको छ । पानीमा हुने पावर अफ हाइड्रोसन(पिएच)को सरकारी मापदण्ड ५.९ देखि ९ को बीचमा भन्ने रहे पनि गोर्खाले ८.७ देखि तलै मेन्टेन गरेको पाइएको छ ।
‘पिएच ९ भन्दा बढी भयो भने त्यो पानी किसानको खेतमा जाँदा समस्या हुन्छ ।’ क्वालिटी हेड ओझाले भने–‘अधिकतम ८.७ रहेको हाम्रो पानी खेतमा गए त्यसले बालीनालीलाई चाँडो हुर्किन र राम्रो फल दिन सपोर्ट नै गरेको छ ।’
यस्ता उद्योगबाट निस्किने फोहोरजन्य पानीमा अक्सिजनको मात्र १ देखि ३ को बीचमा हुनुुपर्ने सरकारी मापदण्ड छ । गोर्खा ब्रुुअरीको उत्पादन प्लान्टले १.५ अंक कायम गरेको छ ।
‘हामीले अहिले मेन्टेन गरिरहेको प्यारामिटर भारतका ब्रुुअरी वा खाद्यजन्य उद्योगहरुले अपनाउने प्यारामिटर भन्दा पनि परिस्कृत छ ।’ भारतमा समेत लामो समयसम्म विज्ञको रुपमा काम गरेका ओझाले थपे–‘खाद्य सुरक्षाको हिसाबले विश्वमै उत्कृष्ट मानिने प्रविधिको प्रयोग गरी हामीले बियर उत्पादनको क्रममा निस्किने फोहोरको निकै व्यवस्थित ढंगले प्रशोधन र व्यवस्थापन गरेका छौ ।’ उनले फोहोरजन्य पानी र हानिकारक धूँवा प्रशोधनका लागि गोर्खा ब्रुुअरीले गरेको लगानी भारतकै कतिपय उद्योगहरुले समेत नगर्ने गरेका दाबी समेत गरे ।
अत्याधुनिक प्रविधिको प्रयोग गरी एड्भान्स ट्रिटमेन्ट र वेस्ट वाटर प्लान्ट राखेका कारण यहाँबाट पूर्ण प्रशोधित भई निस्किने पानीले जलचरहरुलाई समेत कुनै असर नगर्ने गोर्खा ब्रुुअरीका एडमिन म्यानेजर समीर जोशीले दाबी गरे । ‘हामीले लागतलाई होइन, वातावरणलाई बढी ध्यान दिएका छौ र सोही अनुसार लगानीमा कञ्जुस्याई गरेका छैनौ।’ उनले भने–‘बियर उत्पादन गर्दा वातावरणमा पर्नसक्ने प्रभावको बिषयमा हामी निकै चिन्तित छौ । एड्भान्स प्लान्ट भएकै कारण अब हामी यहाँबाट निस्किने पानी जम्मा गरेर माछापालन समेत गर्न खोजिरहेका छौ ।’
गोर्खा ब्रुुअरीको उत्पादन प्लान्ट १० विगाहा क्षेत्रफलमा फैलिएको छ । हाल यहाँ ६०० जनाले रोजगारी पाएका छन्, तीमध्ये करिब ९० प्रतिशत स्थानीय छन् ।
उद्योग पूर्ण क्षमतामा चल्दा दैनिक २ हजार हेक्टोलिटर बियर उत्पादन गर्ने गर्छ । हाल गोर्खा ब्रुअरीले टुबोर्ग, काल्सबर्ग, गोर्खा बियर उत्पादन गर्दै आएको छ । एप्पल साइडर सोमर्सबी समेत उसको पछिल्लो सफल उत्पादन हो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago