काठमाण्डौ । पिपुल्स पावर लिमिटेडको आईपीओ निष्कासनको अन्तिम दिन आज साँझसम्म ७.९४ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। 

यो कम्पनीले गत साउन ३१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यसमा आज बैंकिङ समसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको थियो। 

कम्पनीले १०० अंकित दरका कुल २४ लाख ६७ हजार ४०० कित्ता आईपीओ बिक्री खुला गरेको हो। कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने १ लाख २३ हजार ३७० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ। बाँकी २२ लाख ९४ हजार ६८२ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्। 

सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म यो कम्पनीको आईपीओमा १६ लाख ६ हजार ११० आवेदकबाट कुल १ करोड ८२ लाख १९ हजार ७० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ। जुन मागभन्दा ७.९४ गुणाले बढी हो। 

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसअनुसार भाग्यमानी २ लाख २९ हजार ४६८ जनाले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानीमध्ये २ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।

यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत जेठ २७ गते निष्कासन अनुमति दिएको थियो। आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडले रहेको छ।