काठमाण्डौ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आज कात्तिक २५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। 

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५६ लाख ६ हजार ३९० कित्ता आईपीओ निष्कासन गरेको छ। यसमा आयोजन प्रभावित स्थानीयका लागि छुट्याइएको सेयर बाँडफाँट गरी बाँकी रहेको ८ लाख ६ हजार ३९० कित्तामा समावेश गरिएको छ। 

कम्पनीले कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने २ लाख ८० हजार ३२० कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशतले हुन आउने १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएको छ । बाँकी ५१ लाख ५७ हजार ८८० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। 

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको ‘मेरो सेयर’बाट खरिद आवेदन दिन सक्नेछन्। 

यो आईपीओको निष्कासन बन्द छिटोमा कात्तिक २९ गते र ढिलोमा मंसिर ९ गते बैंकिङ समयपछि हुनेछ।

पिपुल्स हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।