काठमाण्डौ । पिपुल्स पावरले हकप्रद निष्कासन गर्ने तयारी गरेको छ ।

कम्पनीको गत मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले १ : ०५ अनुपातमा ५० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो । 

 कम्पनीले  हाल कायम रहेको चुक्तापूँजीको १ :०५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो । उक्त प्रस्ताव नियमनकारी निकाय विद्युत् नियमन आयोगबाट स्वीकृती प्राप्त भएपछि आगामी साधारण सभामा पेश गर्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले आयोजनाको मर्मत संभार, भुक्तानी गर्न बाँकी हिसाब फरफारक गर्न तथा नयाँ आयोजनामा लगानी गर्नका साथै लगानीका स्रोतहरु पहिचान गर्दै रोजगारी सृजना गरी राष्ट्रिय पूँजी बृद्धि गर्न आवश्यक पर्ने रकम हकप्रदबाट जुटाउने निर्णय गरेको हो ।

कम्पनीले इलाम जिल्लामा ४.९६ मेगावाट क्षमताको पुवा- २ जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७९/०८र१२ देखि नियमित विद्युत् उत्पादन तथा बिक्री गरिरहेको बताएको छ ।