काठमाण्डौ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले ८० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा गत वैशाख १२ गते आवेदन दिएको छ। 

सेबोनले अनुमति दिएमा यो कम्पनीले १०० अंकित दरका कुल ८० लाख कित्ता आईपीओ जारी गर्नेछ। यो आईपीओ कम्पनीले स्थानीय र सर्वसाधारणका लागि निष्कासन गर्नेछ। 

पिपुल्स हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।