काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले ३१ करोड रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले पिपुल्स पावरलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। 

बोर्डको अनुमतिसँगै अब पिपुल्स पावरले १०० अंकित दरका कुल ३१ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ। यो आईपीओ स्थानीय र सर्वसाधारणका लागि गरी दुई चरणमा निष्कासन गरिनेछ। 

यो आईपीओ कम्पनीको चुक्तापुँजीको ४९ प्रतिशतबराबर हुन आउँछ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ६३ करोड २६ लाख रुपैयाँ पुग्नेछ। 

पिपुल्स पावरको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।