– अर्जुन तिमिल्सिना
काठमाण्डौ । लामो समयदेखि सेयर बजार ओरालो लागिरहेको छ। बजार अब फर्किने आशामा लगानीकर्ता थिए। तर पुँजीबजारप्रतिको सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिले लगानीकर्ताको आशा निराशामा परिणत भयो। बजार आइतबार झन्डै ८९ अंकले घट्यो। बजारमा सोमबार पनि झन्डै ८० अंकको गिरावट आयो। योसँगै लगानीकर्ताहरुमा अन्यौलको वातावरण बनेको देखिन्छ।
प्राविधिक रुपमा पनि एकपछि अर्को सपोर्ट भत्किँदै गएकोले बजार कमजोर बन्दै गएको देखिन्छ। बजारलाई चार्टमार्फत हेर्दा लोअर लो बनाउँदै झरेको देखिन्छ।
यसै सिलसिलामा आज हामीले बजारलाई विभिन्न औजारमार्फत नियाल्ने कोसिस गरेको छौँ।
मैनबत्ती विश्लेषणका आधारमा
मैनबत्ती विश्लेषणअन्तगर्त आजको बजारले बियरिस मारुबुजु क्यान्डल बनाएको छ। यसले बजारमा बिक्रीकर्ता हावी भएको बुझिन्छ। आउने कारोबारमा पनि बजारमा केही बिक्री दबाब पर्न सक्ने देखिन्छ । आज दिनभरको कारोबारमा बजार सम्मालिने कोसिस गरे पनि अन्तमा पुनः बिक्रीकर्ता हाबी हुँदा बियरिस मारुबुजु क्यान्डल बनेको हो।

इलिअट वेभका आधारमा
यो सिद्धान्तमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीहरुले सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्। यदि नेपलाको सेयर बजारलाई ११०० को विन्दुदेखि अहिलेसम्मको चक्रलाई केलाएर हेर्ने हो भने माइनर वेभको वेभ १ मा १६६० बनाएको देखिन्छ। वेभ २ बनाउन बजार करेक्सन हुँदै १०९८ को विन्दुमा बलियो टेवा लिएर हाल वेभ ३ लगभग २६८० सम्म पुगेको छ। जसलाई हामीले भन्दै आएका छौँ कि यो सबैभन्दा लामो र ठूलो हुन्छ। वेभ ४ भनेको करेक्सन हो। यो वेभमा बजार करेक्सन भएर २४६० आएको देखिन्छ। वेभ ५ अन्तर्गत बजार ३१९९ सम्म र हाल ए, बी र सी चल्दै गरेको देखिन्छ। जसअन्तर्गत वेभ ए २४८७ सम्म र बीमा बढोत्तरीका साथ २८६० सम्म पुगेको छ। यहाँनेर वेभ ‘ए’ को लम्बाइ लगभग ७०० अंकको देखिन्छ। इलिअट वेभको वेभ ‘ए’ बराबर वेभ ‘सी’ हुन्छ भन्ने सिद्धान्तलाई आधार मान्दा (२८६०–७००) मान्दा बजार लगभग न्यून विन्दु २१६० सम्म बजार आउन सक्ने देखिन्छ वा योभन्दा माथि नै कुनै पनि विन्दुबाट बजार फर्किन सक्ने बलियो सम्भावना देखिन्छ। (हेर्नुहोस् माथि मुख्य तस्बिर)
फिवोनासी सिद्धान्तका आधारमा
फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यो सिद्धान्तअनुसार यदि बजार घटेमा ०.२३ प्रतिशतको टेवा २८९८ सम्म, ०.३८ प्रतिशतको टेवा २६९९ सम्म, ०.५ प्रतिशतको टेवा २५४५ सम्म, ०.६१ प्रतिशतको टेवा २४०० सम्म र ०.७८ प्रतिशतको टेवा २१६० सम्म बजार आउन सक्ने देखिन्छ। (तल तस्बिरमा हेर्न सकिन्छ)

एमएसीडी लाइनका आधारमा
एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनअन्तर्गत भन्नुपर्दा एमएसीडी लाइनले सिग्नल लाइनलाई माथिबाट काटेको छ (हेर्नुहोस् रातो एरो)। हिस्टोग्राम नकारात्मक र क्रमशः लामा–लामा बन्दै गएका छन्। यो आधारमा बजारमा बिक्रीचाप विस्तारै बढ्दै गएको देखिन्छ।

बोलिंगर ब्यान्डका आधारमा
यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्य रेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। बजारलाई बोलिंगर ब्यान्डअन्तर्गत हेर्दा मूल्यरेखाले केही समयपहिले नै तल्लो ब्यान्डलाई छोएर बाङ्गिएको छ। दुई ब्यान्डको दूरी क्रमशः बढ्दै गएको छ। यसले बजारमा उच्च उतारचढाव रहेको देखिन्छ। यो ब्यान्डअन्तर्गत मूल्यरेखाले मध्य रेखालाई ब्रेक गरेर माथि नजाउन्जेल पर्ख र हेरको अवस्थाको रणनीति उपयुक्त हुने देखिन्छ।

आरएसआईका आधारमा
आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। यसअन्तर्गत हालको बजारको आरएसआई ३० को जोनमा रहेको छ। जसको अर्थ हुन्छ, ओभर सोल्ड जोनमा छ र अघिल्लो पटक यो विन्दु ७६.९७ को तहमा पुगेपछि करेक्सन आएको थियो। बजारको न्यून आरएसआई हालको न्यून २० रहेको छ। आरएसआइको विन्दु घट्ने क्रम बढेको देखिन्छ। यसले बजारमा उच्च बिक्रीचाप रहेको बुझ्न सकिन्छ।

पिभट विश्लेषणका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ। यो विश्लेषण हामीले डेली बेसमा गरेको हौँ।
बढेमा प्रतिरोध
पिभट प्वइन्ट : २७०३
घटेमा सपोर्ट

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण विभिन्न औजारमा आधारित अनुमान हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन। कारोबार गर्दा आफ्नो स्वविवेक प्रयोग गरिनुपर्छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19