काठमाण्डौ । निजी क्षेत्रका अस्पतालबाट संचालित ल्याबहरुले २ हजार ६ सय रुपैयाँमै गरिरहेको पीसीआर परीक्षणका नाममा सरकारले १ अर्ब ६८ करोड १७ लाख बढी रुपैयाँ बराबको राज्यकोषको दोहन गरेको छ ।
सरकारले एउटा पीसीआर परीक्षण गर्दा ५ हजार ५०० रुपैयाँ खर्च गर्ने गरेको छ । जुन वास्तविक खर्चभन्दा धेरै हो ।
काठमाण्डौको बिध ल्याबले एउटा पीसीआर परीक्षण ३ हजार ८०० रुपैयाँमै गराउँछ भने काठमाण्डौबाहिर मोरंगको नोवेल अस्पताल प्रयोगशालाले एउटा पीसीआर टेस्ट २ हजार ६०० रुपैयाँमै गराउँदै आएको छ । यसरी निजी क्षेत्रबाट २६०० रुपैयाँसम्मै संभव पीसीआर परीक्षणको नाममा मात्रै सरकारले १ अर्ब ६८ करोड बढी रकम उडाएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर ५ लाख ७९ हजार ८९९ जनाको पीसीआर परीक्षण भएको छ । यसरी हेर्दा पीसीआर परीक्षणको नाममा मात्रै सरकारले हालसम्म ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५०० रुपैयाँ खर्च गरेको छ । नोवेल अस्पतालकै रेटमा राज्यले पीसीआर परीक्षणका लागि खर्च गरेको भए सरकारको १ अर्ब ५० करोड ७७ लाख ३७ हजार ४०० रुपैयाँ मात्र खर्च हुन्थ्यो । तर, कोभिड १९ संक्रमणका कारण सिंगो देश आर्थिक रुपमा जर्जर भएको बेलामा सरकारले भने पीसीआर टेस्टको नाममा बेफिक्री करोडौं रुपैयाँ उडाएको हो । मितव्ययी बन्नसक्ने अवस्थातर्फ ध्यान नै नदिई बेफिक्री खर्च गरेको भेटिएको हो ।
सरकारको खर्चको आँकडाबाट हिसाब गर्दा नेपालमा एउटा कोभिड १९ संक्रमणको केश पत्ता लगाउनका लागि राज्यले १ लाख ४ हजार ६३० रुपैयाँ खर्च गर्नु परिरहेको छ । किनभने हालसम्म नेपालमा कोरोना पोजिटिभको कुल केश संख्या ३० हजार ४८३ रहेको छ ।
पीसीआर टेस्टकै नाममा यति ठूलो खर्च भइरहेको मुलुकमा कोभिड १९ पोजिटिभ रिपोर्ट आएकाहरुको उपचार, उनीहरुको खानपान तथा व्यवस्थापनका नाममा झनै ठूलो रकम खर्च भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम पनि यो कुरा स्वीकार गर्छन् । उनका अनुसार पीसीआर टेस्टका नाममा भएको खर्च भन्दा बिरामीहरुको व्यवस्थापन र अन्य नाममा भएको खर्च निकै ठूलो छ । 'पीसीआर पोजिटिभ भएको व्यक्तिलाई आइसियूमा राख्नुपर्यो भने दैनिक १५ हजार रुपैयाँ सरकारको खर्च हुन्छ ।' उनले भने-'एउटा कोभिड १९ को बिरामीलाई ३० दिनसम्म आइसियूमा राख्नुपरे सरकारले ४ लाख ५० हजार व्यहोर्नुपर्ने हुन्छ ।'
पछिल्लो समय आइसियूमा राख्नुपर्ने कोभिड १९ संक्रमितको संख्या बढिरहेको छ । यसको नाममा समेत राज्य कोषको करोडौं रुपैयाँ स्वाहा भइरहेको छ ।
शुक्रबारसम्म देशभर १३३ संक्रमित आइसियूमा रहेका छन् । संक्रमितको संख्या बढी मृतकहरु पनि बढिरहँदा भेन्टिलेटरमा राख्नुपर्ने बिरामीको संख्या समेत ह्वात्तै बढेको छ । जसअनुसार बिहीबारसम्म ७ जना मात्र भेन्टिलेटरमा रहेकामा शुक्रबार भने १५ जना कोभिड संक्रमित भेन्टिलेटरमा राखिएका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago