काठमाण्डौ । केही दिनकै अन्तरालमा सरकारले कोरोना भाइरसको संक्रमण पत्ता लगाउने विधि पीसीआर टेस्टको मूल्य घटाएको छ ।
केही दिनअघि मात्र पीसीआर टेस्टको मूल्य रु. ४००० कायम गरिएकोमा यो मूल्यलाई आधा घटाई रु. २००० हजार बनाइएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोभिड १९ को पीसीआर परीक्षण शुल्क सबै प्रयोगशालाहरुका लागि सबै शुल्कसहित अधिकतम दुई हजार तोकिएको हो ।
सुरुवातमै सरकारले नै पीसीआर टेस्टको नाममा ५ हजार ५०० बजेट सक्ने काम गरेको थियो । अत्यन्त सस्तो पर्ने भए पनि नियतवश बजेट दुरुपयोग भएको भन्दै विरोधका स्वरहरु उठेपछि सरकारले पुरानो रेटलाई संसोधन गरी ४ हजार कायम गरेको थियो ।
पछिल्लो समय पुनः परीक्षण शुल्क सस्तो बनाउँदा स्वस्फूर्त जाँच गर्नेहरुको संख्या समेत बढ्ने भन्दै यसको माग भएको थियो । सोही मागलाई सम्बोधन गर्दै सरकारले पीसीआर परीक्षण शुल्क घटाएर अधिकतम २००० कायम गरेको हो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago