काठमण्डौ । पुँजीबजारको सुधार र विकासका लागि ‘पुँजीबजार सुधार आयोग’ गठन गर्न माग गरिएको छ।
नेपाल सेयरधनी संघको प्रतिनिधिमण्डलले नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतलाई भेटेर यस्तो माग गरेका हुन्। संघका प्रतिनिधिहरुले पुँजीबजारको पछिल्लो अवस्थाबारे नेता महतसँग छलफल गर्दै ध्यानाकर्षणपत्र बुझाएको संघका सल्लाहकार मुक्ति अर्यालले जानकारी दिए।
पुँजीबजारको सर्वांगिण विकासका लागि विभिन्न देशमाझै पुँजीबजारमा अन्तर्राष्ट्रिय अनुभव बटुलेका विज्ञहरुको संयोजकत्वमा एक ‘शक्ति सम्पन्न’ पुँजीबजार सुधार आयोगको गठन गर्नुपर्ने आवश्यकता देखिएको ध्यानाकर्षणपत्रमा उल्लेख छ।
आयोगले सरकारलाई ९–१२ महिनाभित्रमा प्रतिवेदन बुझाउने र सो प्रतिवेदनका बुँदाहरु बाध्यकारी रुपमा हुबहु लागू हुने गरी व्यवस्था गर्न अपरिहार्य रहेको ध्यानाकर्षणपत्रमा उल्लेख छ। ‘यसो गरिएमा नेपालको पुँजीबजारले आवश्यक फड्को मार्ने र चाहेको प्रतिफल दिन सक्नेछ’, ध्यानाकर्षणपत्रमा भनिएको छ,‘तबमात्र देशको अर्थतन्त्रको विकासमा पुँजीबजारले महत्वपूर्ण योगदान गर्न सक्छ।’
यसो नगरी सानातिना र छिटफुट सुधारका प्रयासले नेपालको पुँजीबजारले विदेशका पुँजीबजारसँग न त तालमा ताल मिलाएर हिँड्न सक्ने न त प्रतिस्पर्धा नै गर्न सक्ने ध्यानाकर्षणपत्रमा उल्लेख छ। ‘अन्य देशका पुँजीबजारहरु जरी चलेका छन्, नेपालको पुँजीबजार पनि त्यसरी नै चल्नुपर्ने आवश्यकता र बाध्यता छ’, ध्यानाकर्षणपत्रमा भनिएको छ,‘सही अर्थमा देशको विकास गर्ने हो भने हामीले हरेक क्षेत्रमा यस्ता प्रस्थान नगरी सुखै छैन।’
7 months ago
7 months ago
7 months ago
7 months ago
7 months ago
7 months ago
7 months ago
7 months ago
7 months ago
7 months ago