काठमाण्डौ । कोरोना संक्रमित पुनः थपिएका छन् । पछिल्लो पटक रुपन्देहीको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १३ जना संक्रमितको पहिचान भएको हो । 

यसअघि २२६ कोरोना संक्रमित थपिएका थिए । यसरी २४ घण्टाभित्रै देशमा २३९ जना कोरोना संक्रमित थपिएका छन् । थप भएको संख्या समेत मिलाउँदा देशमा कोरोना संक्रमितको कुल संख्या १८११ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाल्पाको निस्दी गाउँपालिकाका २ पुरुष, नवलपरासीका सरावल गाउँपालिकाका एक ६ वर्षीय बालक, गुल्मीको रेसुंगा नगरपालिकाका एक पुरुष, कपिलवस्तुको मायादेवी गाउँपालिकाका ७ पुरुष र रुपन्देहीको गैडहवा गाउँपालिकाका ३ वर्षीया बालक र एक ५४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । 

थपिएका संक्रमितको अवस्था समेत अरुको झै सामान्य रहेको बताइएको छ ।