काठमाण्डौ। नेप्से परिसूचक आज सोमबार पुनः अहिलेसम्मै अलटाइम हाई नजिक पुगेको छ।
गत डिसेम्बर २ तारिखमा नेप्से २०७१ विन्दुमा पुगेको थियो। आज नेप्से ६ अंक कम २०६७ विन्दु पार गरेको छ।
आज सोमबार परिसूचक ५६.७२ अंकले बढेर नेप्से २०६७.१७ विन्दु उक्लिएको हो। राम्रा र बलिया कम्पनीको सूचक पनि ६.०४ अंकले बढेर ३८८.१६ को उचाइमा पुगेको छ।
गत बुधबार र बिहीबार नेप्से परिसूचकमा गिरावट आई हिजोदेखि सम्हालिँदै बजारले सकारात्मक लय समातेको हो। आज ग्लोबल आईएमई लघुवित्तले बम्पर घोषणा गरेपछि लघुवित्त समूहमा नै बहार आउँदा अधिकांश लघुवित्त कम्पनीका सेयरमूल्यमा उछाल आएको छ। हाइड्रोपावर समूहबाहेक आज नेप्सेमा सबै समूहमा हरियाली छाएको देखिन्छ।
बजार सुरुआती ताकाभन्दा अन्तिम समयमा निकै आक्रमक गतिमा दौडियो। नेप्से २०५० को मनोवैज्ञानिक विन्दु २ पटक उक्लिएपछि परिसूचक र कारोबार रकमसमेत ह्वात्तै बढेर गएको देखिन्छ। परिसूचकले २०५० को विन्दु पार गरेपछि कारोबार रकमसमेत ह्वात्तै बढ्दै गएको र लगानीकर्ताको मनोबल बढेको विश्लेषकहरुको भनाइ छ। आज सवा ७ अर्ब रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
अघिल्लो साता बजार घट्छ भन्ने मनोवैज्ञानिक त्रासका बीच यो साता लगानीकर्ताले विस्तारै सेयर खरिद बढाउँदै जाँदा कारोबार रकम र सूचकमा सकारात्मक दबाब परेको विश्लेषकहरुको दाबी छ।
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ११ वटामा हरियाली छाएको छ भने एउटामात्रै रातो पोतिएको छ।
यो दिन जीवन बीमा समूह सर्वाधिक १०३३.१२ अंकले उकालो लागेको छ। निर्जीवन बीमा समूह ३७९.१४ अंकले बढेको आज व्यापार समूहमा १६१.७६, २२.१ अंक, होटेल्स् समूहमा ३६.१६ अंक, विकास बैंक समूह ५६.५२ अंक, वित्त समूह ३.३४ अंक, उत्पादन तथा प्रशोधन समूह १०६.०५ अंक, अन्य समूह ६३.३९ अंक, लघुवित्त समूह १३६.२१ अंक र म्युचुअल फन्ड समूह ०.१५ अंकले बढेका छन्।
आज जलविद्युत् समूहमा २१.१५ अंकको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २०२ कम्पनीका १ करोड २८ लाख ८८ हजार ६६ कित्ता सेयर ७ अर्ब २० करोड ४१ लाख ३६ हजार ९२३ रुपैयाँमा कारोबार भएको छ।
यो दिन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक ७४ करोड ३९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको ४६ करोड १५ लाख रुपैयाँ बढीको कारोबार भएको आज नेसनल लाइफ इन्स्योरेन्सको ४२ करोड १ लाख रुपैयाँ, नबिल बैंकको ३२ करोड ७९ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको २४ करोड ८० लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २२ करोड ३५ लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको १९ करोड ४५ लाख रुपैयाँ, एनटीसीको १७ करोड ८५ लाख रुपैयाँ, कृषि विकास बैंकको १७ करोड ३४ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको १६ करोड ५२ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज १४ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो दिन प्राइम लाइफ इन्स्योरेन्सको सेयरमूल्यमा १० प्रतिशतको र ग्लोबल आईएमई लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स, स्वाभिमान लघुवित्त, महुली सामुदायिक लघुवित्त, नेसनल माइक्रोफाइनान्स, शिखर इन्स्योरेन्स, सपोर्ट माइक्रोफाइनान्स, लक्ष्मी लघुवित्त, उन्नति सहकार्य लघुवित्त, महिला सहयात्रा लघुवित्त, नेसनल लाइफ इन्स्योरेन्स र एसटीसीको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। मिथिला लघुवित्तको सेयरमूल्य ९ प्रतिशतले बढेको यो दिन सूर्योदय लघुवित्त, लक्ष्मी इक्विटी फन्ड, नेको इन्स्योरेन्स र गरिमा विकास बैंकको सेयरमूल्यमा ८ प्रतिशतभन्दा बढीको बढोत्तरी भएको छ।
यो दिन लिबर्टी इनर्जीको सेयरमूल्यमा सबैभन्दा बढी ६ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago