काठमाण्डौ। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पुनर्बास नगरपालिकामा शाखा विस्तार गर्दै औपचारिक उद्घाटन गरेको छ।
कम्पनीका क्षेत्रीय प्रबन्धक सुमन तिमिल्सिनाले सभापतित्व गरी पुनर्बास नगरपालिकका मेयर जीवनराज थापाको प्रमुख आतिथ्यमा शाखा उद्घाटन गरिएको हो। उक्त समारोहमा मेयर थापाले बीमासम्बन्धी जागरण अभियानमा आईएमई लाइफ इन्स्योरेन्स कम्पनीलाई सदैव सहयोग गर्ने प्रतिबद्धता गरे।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले कम्पनीका भावी योजना, आधुनिक प्रविधिद्वारा प्रदान गरिने सुविधाका सम्बन्धमा र सुदुर पश्चिमका जनमानसमा जीवन बीमाको पहुँच तथा जागरुकताका लागि सो शाखा विस्तार कोसेढुंगा रहने बिचार व्यक्त गरे।
सोही क्रममा कम्पनीका बिजनेस हेड कर्मराज पौडेलले आईएमई लाइफ इन्स्योरेन्स कम्पनीमा बीमा अभिकर्ता भई काम गर्दा स्थानीय समुदायको समृद्धिमा टेवा पुग्ने बताए।
उक्त शाखाबाट सुदूरपश्चिम तथा खासगरी पुनर्वास नगरपालिकाका बासिन्दालाई सहज रुपमा आईएमई लाइफ इन्स्योरेन्सले प्रदान गरिरहेको जीवन बीमासम्बन्धी विभिन्न सेवाहरु अझै सुदृढ र सक्षम हुनेमा कम्पनी जिश्वस्त रहेको कम्पनीका सुदूरपश्चिमका क्षेत्रीय प्रबन्धक सुमन तिमिल्सिनाले बताए।
चाँडै नै आईपीओमार्फत सर्वसाधारणलाई सेयर बिक्री गर्न लागेको आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले सर्वसाधारण जनसमुदायमा जीवन बीमाको शुलभताका लागि अझै थुप्रै शाखा आफ्नो योजनाको प्राथमिकतामा रहेको जानकारी दिए।
हाल कम्पनीका देशभर १३४ वटा शाखा तथा उपशाखा सञ्चालनमा छन्। कम्पनीमा हाल २ लाख ७ हजार ४३४ बीमित छन् भने २३ हजार ४१४ अभिकर्ता कार्यरत छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19