काठमाण्डौ । नेपाल पुनर्बिमा कम्पनीको १ अर्ब ६० करोड रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । 

यो कम्पनीले चुक्तापूँजीको १६ प्रतिशत बराबरको साधारण सेयर सर्वसाधारणका लागि बिक्री खुलाउन लागेको हो । 

कम्पनीले रु. १०० अंकित दरका १ करोड ६० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको हो । 

बोर्डबाट अनुमति पाएका कारण कम्पनीले केही दिनभित्रै सर्वसाधारणका लागि साधारण सेयरको प्राथमिक निश्कासन गर्नेछ । 

यो कम्पनीले निष्काशनको तयारी गरेको आईपीओलाई इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड २’ रेटिङ प्रदान गरेको छ । ग्रेड २ रेटिङले कम्पनीको वित्तीय अवस्था औसतभन्दा माथि रहेको जनाउँछ ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा कम्पनीले आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीको चुक्ता पूँजी ८ अर्ब ४० करोड रुपैयाँ रहेको छ। आईपीओ निष्काशनपश्चात कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ पुग्नेछ ।