काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले निष्कासन गरेको १.६० अर्ब रुपैयाँको आईपीओमा अचाक्ली आवेदन परेको छ ।
आवेदन दिने अन्तिम दिन शुक्रबारसम्ममा यो कम्पनीको आइपीओमा ५ अर्ब ५७ करोड बढीको आवेदन परेको हो ।
गत मंगलबारदेखि यो कम्पनीले रु. १०० अंकित दरका १ करोड ६० लाख कित्ता आईपीओ निष्कासन गरेको हो। कुल निश्कासित साधारण सेयरमध्ये ७३ हजार ५०० कित्ता सेयर कर्मचारीलाई बाँडफाँड गरिएको र ८ लाख कित्ता सेयर ९५ प्रतिशत० सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको र बाँकी रहने १ करोड ५१ लाख २६ हजार ५०० कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्कासन गरिएको हो।
शुक्रबार साँझसम्म यो कम्पनीको आईपीओमा ४ लाख ९ हजार ६०१ आवेदकबाट ५ करोड ५७ लाख २३ हजार ४८० कित्ता खरीदका लागि माग भएको हो।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट खरिद आवेदन दिन सकिने व्यवस्था गरिएको थियो।
यो आईपीओलाई इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड २’ रेटिङ प्रदान गरेको छ। ग्रेड २ रेटिङले कम्पनीको वित्तीय अवस्था औसतभन्दा माथि रहेको जनाउँछ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा कम्पनीले आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको थियो।
कम्पनीको चुक्ता पूँजी ८ अर्ब ४० करोड रुपैयाँ रहेको छ। आईपीओपछि कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ पुग्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19