काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले निष्कासन गरेको १.६० अर्ब रुपैयाँको आईपीओमा खरिद आवेदन दिने आज शुक्रबार अन्तिम मौका रहेको छ। 

गत मंगलबारदेखि यो कम्पनीले रु. १०० अंकित दरका १ करोड ६० लाख कित्ता आईपीओ निष्कासन गरेको हो। कुल निश्कासित साधारण सेयरमध्ये ७३ हजार ५०० कित्ता सेयर कर्मचारीलाई बाँडफाँड गरिएको र ८ लाख कित्ता सेयर ९५ प्रतिशत० सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको र बाँकी रहने १ करोड ५१ लाख २६ हजार ५०० कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्कासन गरिएको हो।

निष्कासनको ते्रस्रो दिन (बिहीबार) साँझ ५ बजेसम्मै यो आईपीओमा २.६२ गुणा बढी आवेदन परेको छ। सिडिएससीका अनुसार नेपाल पुनर्बिमा कम्पनीको आइपीओमा २ लाख ९९ हजार आवेदकबाट ३ करोड ९६ लाख ४५ हजार ५४० कित्ता खरीदका लागि माग भएको हो। 

नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट खरिद आवेदन दिन सकिनेछ। 

यो आईपीओलाई इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड २’ रेटिङ प्रदान गरेको छ। ग्रेड २ रेटिङले कम्पनीको वित्तीय अवस्था औसतभन्दा माथि रहेको जनाउँछ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा कम्पनीले आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ।

कम्पनीको चुक्ता पूँजी ८ अर्ब ४० करोड रुपैयाँ रहेको छ। आईपीओपछि कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ पुग्नेछ।