काठमाण्डौ। नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले निष्कासन गरेको १.६ अर्ब रुपैयाँको आईपीओ बुधबार बिहान बाँडफाँड भएको छ।

आईपीओ बिक्री प्रबन्धक आरबीबी क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएको हो। कम्पनीको आईपीओमा ४० कित्ताभन्दा कम आवेदन गर्ने लगानीकर्ताले मागअनुसारकै पाएका छन् भने ५० कित्तादेखि १० हजार कित्तासम्म आवेदन गर्नेमध्ये ७७ हजार २४५ जनाले अधिकतम ५० कित्ता सेयर पाएका छन्।

क्यापिटलका अनुसार १० कित्ताका लागि आवेदन दिने २७ हजार ७४८ जना, २० कित्ताका लागि आवेदन दिने १५ हजार ५९० जना, ३० कित्ताका लागि आवेदन दिने १ लाख २७ हजार ७२३ जना र ४० कित्ताका लागि आवेदन दिने २० हजार ९२९ जनाले मागअनुसार नै सेयर पाएका छन्। यस्तै ५० कित्तादेखि १० हजार कित्तासम्म आवेदन गर्ने ३ लाख १३ हजार ६४८ जनाले ४० कित्ता सेयर र सोही अनुपातमा आवेदन गर्नेमध्ये ७७ हजार २४५ जनालाई गोलाप्रथाबाट १० कित्ता शेयर थप गरी ५० कित्ता सेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ।

कम्पनीले चैत ४ गतेदेखि ७ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ अर्ब ६० करोड १ करोड ६० लाख कित्ता आईपीओ जारी गरेको थियो। जसमध्ये ७३ हजार ५०० कित्ता सेयर कर्मचारीलाई र ८ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि यसअघि नै बाँडफाँड गरिसकेको छ। बाँकी १ करोड ५१ लाख २६ हजार ५०० कित्ता सर्वसाधरणलाई बिक्री खुला गरिएको थियो। 

आईपीओमा कुल ३ लाख ९१ हजार ६२६ जनाले आवेदन दिएका थिए। तीमध्ये ९८८ जनाको आवेदन रद्द भएको छ। बाँकी ३ लाख ९० हजार ६३८ आवेदकले सेयर हात पारेका छन्। 

पूरा रिजल्ट यस्तो छ :