– प्रकाश न्यौपाने
काठमाण्डौ । नयाँ सरकार गठनसँगै सेयर बजारले रुचाएको व्यक्ति विष्णु पौडेल अर्थमन्त्री बनेलगत्तै करिब १२ महिनादेखि सुनसान बनेका ब्रोकर हाउसहरुमा फेरि लगानीकर्ताको भीडभाड बढ्न थालेको छ।
ब्रोकर हाउसमात्रै होइन आसपासका चिया पसलहरुमा पनि बजारबारे छलफल गरेर बस्ने लगानीकर्ता जमात ह्वात्तै बढेको देखिन्छ। लगानीकर्ताहरु बजारले १८०७ मा बटम लगाइसकेको र अब बजारको बुल ट्रेन्ड सुरु भएको दाबी गर्न थालेका छन्।
ब्रोकर हाउस र चिया पसलमा भेटिने लगानीकर्ता धेरैजसो कोरोना महामारीको बेला आईपीओबाट सेयर बजारमा छिरेकाहरु रहेका छन्। ती नयाँ लगानीकर्ताहरुले दोस्रो बजार घटेर १८५० हुँदा लगानी गरेको र अहिले राम्रै कमाइ भएको सुनाए।
चिया पसलमा गफिँदै गरेका एक नयाँ लगानीकर्ताले सुझाव दिँदै भने, ‘ब्याजदर घटेको छैन। तरलताको समस्या जस्ताको तस्तै छ। हौसिएर ऋण लिएर लगानी गर्नु अलि हतार हुन्छ। आफूसँग पैसा छ भने राम्रा र बलिया कम्पनीका बारेमा अध्ययन गरेर ढुक्कसँग लगानी गर्दा हुन्छ।’
सिद्धार्थ क्यापिटलमा भेटिएका पुराना लगानीकर्ता भेसराज घिमिरे यसपटक बजारबारे अनुमान लगाउन नसक्दा कमाउन नसकिएको बताउँछन्। ‘बजार १८०० आसपासमा आउँदा अझै तल आउँछजस्तो लाग्यो। देशको अर्थतन्त्र कमजोर भएकोले मेरा साथीहरुलाई पनि अझै ६ महिना किन्न नहुने मैले सल्लाह दिएँ, म पनि चुप लागेर बसेँ’, उनले भने, ‘तर, बजार २५० अंकले बढ्यो। कुनै कम्पनीको सेयरभाउ ४० प्रतिशतसम्म बढ्यो।’
पहिललेजस्तो बजारको अनुमान गर्न नसग्दा यसपटक छिर्न नसक्दा कमाउने अवसरबाट चुकेको घिमिरे बताउँछन्। ‘बजार पहिले जसरी चलेको छैन, बजारमा लगानीकर्ताको संख्या पहिलेको तुलनामा धेरै बढेको छ’, उनले भने, ‘हात–हातबाट कारोबार भएका कारणले बजारमा चलाख लगानीकर्ताले राम्रे पैसा कमाए।’
आफू कमाउने अवसरबाट पछि परेकोमा घिमिरे पछुतो मान्दै थिए। ‘भित्र–भित्रै वातावरण बनेकोले अब बढेको बजारमा भन्दा करेक्सनपछि छिर्नुपर्ला’, उनले भने।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago