काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुरानो वेबसाइट नचल्दा लगानीकर्ताहरु हैरान भएका छन्। 

अहिले चलिरहेको नयाँ वेबसाइट पनि ढिलो चल्दा लगानीकर्ताहरु झन मर्कामा परेका छन्। पुरानो वेबसाइट हिजो आइतबारदेखि नचलेको हो। 

पुरानो वेबसाइट नचल्दा लाइभ डाटासँगै महत्वपूर्ण सूचना र तथ्यांक हेर्न समस्या भइरहेको लगानीकर्ताहरु बताउँछन्। ‘हिजैदेखि नेप्सेको पुरानो साइटमा समस्या देखिएको छ तर नेप्सेका प्राविधिकहरु के गरिरहेका छन्’, एक लगानीकर्ताले भने। 

नेप्सेका अधिकारीहरु भने प्राविधिक समस्या आएका कारण पुरानो वेबसाइट नचलेको बताउँछन्। कस्तो खाले प्राविधिक समस्या हो भन्ने विषयमा यकिन भइनसकेको र पहिचान गरी समस्या समाधान गरिने उनीहरुको भनाइ छ।